हेमजामा बोरिङबाट पानी

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५

हेमजा, ११ मंसिर। हेमजाको सुर्कामा बोरिङ खनेर पानी निकालिने भएको छ।

नेपाल खानेपानी संस्थान, हेमजा शाखाले स्वीकार डिप बोरिङ, रुपन्देहीसँग २६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सोमवारबाट काम थालनी भएको हो। सो कार्य थालनी गर्दै पोखरा-२५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले हेमजा क्षेत्रमा हुने आपतकालीन खानेपानी समस्या समाधान गर्न बोरिङबाट निकालिने पानी सहायकसिद्घ हुने जनाए। उनलेे वडा शुद्घ खानेपानी वितरणमा चनाखो रहेको भन्दै खानेपानीको मुख्यस्रोत घट्टेखोलाबाट बर्खायाममा लेदो पानी आउने समस्या समाधान गर्न बोरिङको पानी विकल्प हुने बताए।  हेमजा क्षेत्रमा मानिसको चाप बढ्दै गएकोले खानेपानीको अवस्था सुधार गर्न बोरिङ खन्नुपरेको खानेपानी संस्थान हेमजा शाखाका प्रमुख राकेश गोइतको भनाइ छ।

पोखरा अमरसिंह, पार्दी, फूलबारी, रामबजार, धारीपाटन, कास्कीकोट क्षेत्रमा बोरिङ सफल भएको भन्दै प्रमुख गोइतले हेमजामा पनि बोरिङबाट सजिलै पानी निस्कने दाबी गरे। हेमजामा हाल ३ हजार ५ सय घरधुरी रहेको खानेपानी शाखाको तथ्यांक छ। जसमध्ये करिब १ हजार घरधुरीमा खानेपानीको मिटर जडान गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width