हेमजा,१० मंसिर। गुडलक मन्टेसरी होम (प्रि-स्कूल), हेमजाको चौथो वाषिर्कोत्सव तथा प्रथम अभिभावक दिवस सोमवार सम्पन्न भयो।
प्रमुख अतिथि हेमजा स्रोतकेन्द्रका स्रोतव्यक्ति भीमराज शर्मा पौडेलले मन्टेसरीको सफलताको शुभकामना व्यक्त गर्दै कक्षा १, २ र ३ संचालनका लागि पनि आफूले पहल गर्ने प्रतिबद्घता व्यक्त गरे।
समाजसेवी ऋषिराम पौडेलले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्धबाट नै शैक्षिक संस्थाको भविष्य उज्ज्वल हुने औँल्याए।
गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवरले पूर्व प्राथमिक तहका विद्यार्थीको शिक्षा राम्रो भए उनीहरुको भविष्य स्वतः राम्रो हुँदै जाने बताए।
संचालक देशराज त्रिपाठीले ५ जना विद्यार्थी र ३ जना शिक्षिकाबाट शुरु गरेको मन्टेसरीको हालको अवस्था सन्तोषजनक रहेको बताए । उनले गुडलकलाई पोखराकै उदाहरणीय मन्टेसरी बनाउने प्रण पनि गरे।
अभिभावक रश्मी थापाले गुडलकले राम्रो शिक्षा दिइरहेको भन्दै मन्टेसरीलाई साथ दिन आफूहरु तयार रहेको स्पष्ट पारिन्।
सो अवसरमा विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए।
मन्टेसरीका संचालक त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक विजया बास्तोलाले स्वागत तथा शिक्षक प्रतीक्षा न्यौपानेले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१