गुडलक मन्टेसरीको वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७५
good luck montasary photo

हेमजा,१० मंसिर। गुडलक मन्टेसरी होम (प्रि-स्कूल), हेमजाको चौथो वाषिर्कोत्सव तथा प्रथम अभिभावक दिवस सोमवार सम्पन्न भयो।

प्रमुख अतिथि हेमजा स्रोतकेन्द्रका स्रोतव्यक्ति भीमराज शर्मा पौडेलले मन्टेसरीको सफलताको शुभकामना व्यक्त गर्दै कक्षा १, २ र ३ संचालनका लागि पनि आफूले पहल गर्ने प्रतिबद्घता व्यक्त गरे।

समाजसेवी ऋषिराम पौडेलले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्धबाट नै शैक्षिक संस्थाको भविष्य उज्ज्वल हुने औँल्याए।

गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवरले पूर्व प्राथमिक तहका विद्यार्थीको शिक्षा राम्रो भए उनीहरुको भविष्य स्वतः राम्रो हुँदै जाने बताए।

संचालक देशराज त्रिपाठीले ५ जना विद्यार्थी र ३ जना शिक्षिकाबाट शुरु गरेको मन्टेसरीको हालको अवस्था सन्तोषजनक रहेको बताए । उनले गुडलकलाई पोखराकै उदाहरणीय मन्टेसरी बनाउने प्रण पनि गरे।

अभिभावक रश्मी थापाले गुडलकले राम्रो शिक्षा दिइरहेको भन्दै मन्टेसरीलाई साथ दिन आफूहरु तयार रहेको स्पष्ट पारिन्।

सो अवसरमा विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए।

मन्टेसरीका संचालक त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक विजया बास्तोलाले स्वागत तथा शिक्षक प्रतीक्षा न्यौपानेले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width