नवलपरासी, ९ मङ्सिर । दुम्किबासका कला भुजेल रोक्का जग्गा फुकुवा गर्न मालपोत कार्यालय कावासोती धाएको ६ दिन भयो । तर, अझै उनको काम सकिएको छैन । मालपोत कार्यालय कावासोतीमा यस अघि एक दिनमै जुनसुकै काम हुने गर्दथ्यो । तर, अहिले प्रविधिको विकास गरेर अनलाइनबाट सबै काम शुरु गर्दा समस्या थपिएको हो ।
विहीबार मालपोत कार्यालयमा भेटिएका कला भुजेल भन्छिन्, ‘रोक्का जग्गा फुकुवा गर्न आएको हो । आज नि पालो आएन । आइतबार बोलाएको छ । आइतबार नि पालो आउला जस्तो लागेको छैन।’
उनीमात्र होइन, यो समस्या अहिले मालपोत कार्यालय कावासोतीमा काम लिएर आउने जो सुकैको हो । डण्डाका पदम केसी चारदिनदेखि मालपोत कार्यालय धाएका छन् । उनी पनि रजिष्ट्रेशन पाससम्बन्धी काम लिएर कार्यालय धाई रहेका छन् । विहीबार अबेर अबेर लाइनमा बसेर काम सकेका थिए । नयाँ प्रविधि अर्थात अनलाइनबाट फारम भरिनेदेखि अन्य काम शुरु नगर्दासम्म मालपोत कार्यालय कावासोतीमा सबै काम एकैदिनमा हुने गर्दथ्यो । तर, अहिले जोकोही पनि ५/७ दिन धाउनुपर्ने बाध्यता छ ।मालपोत कार्यालय कावासोतीमा जुनसुकै काम पनि दैनिक १ सयदेखि एक सय ५० को हाराहारीमा आउने गर्दछ । तर, सबै फाँटमा अहिले दिनमा बढीमा ४०/५० वटाको मात्र काम सकिने गरेको छ ।
कर्मचारीको लापरवाहीले वा सेवाग्राहीलाई दुःख दिने नियतले नभई मालपोत कार्यालय कावासोतीमा कार्यरत कर्मचारीहरुको कम्प्युटरमा हात नबस्दा र नयाँ प्रविधिमा ज्ञान बढ्दा यस्तो समस्या भएको मालपोत कार्यालय कावासोतीका प्रमुख अशोककुमार भट्टराईले बताए । उनले काम गराईको गति बढ्दै गएको बताए । पहिला पहिलो दिनमा ४०/४५ जनाको काम सकिए पनि अहिले दिनमा ८० जनाको सम्म काम सकिन थालेको बताए । जनशक्ति अभावका कारण पनि यो समस्या भएको उनले बताए । उनका अनुसार कम्प्युटर प्राविधिक ३ जनामा एक जना थपेर विहीबारदेखि ४ जना गराइएको छ ।
प्रविधिसँगै घुसको पनि नयाँ तरिका
मालपोत कार्यालय नयाँ प्रविधि अर्थात अनलाइनबाट फारम भरिने काम शुरु भएपछि मालपोत कार्यालयमा घुस लिनेदिने क्रम रोकिएला भनिए पनि त्यो नयाँ तरिकाले विकास भएको छ । अन्य काममा अन्य विधि अपनाए पनि अनलाइनमा फारम भर्दादेखि सबै काममा कम्प्युटर प्रविधि अनाएपछि सेवाग्राहीलाई काम ढिलो भएको बाहानामा काम छिटो गर्दिन घुस माग्ने गरेको पाइएको छ।
कार्यालयसमय सकिए पछि साँझ वा राति काम गर्दिन्छु भन्दै प्रति व्यक्ति १० हजारसम्म घुस माग्ने गरेको तथ्य बाहिर आएको हो।
अन्य काम शुरु नगर्दासम्म मालपोत कार्यालय कावासोतीमा सबै काम एकैदिनमा हुने गर्दथ्यो तर अहिले जोकोही पनि ५/७ दिन धाउनु पर्ने बाध्यता छ। मालपोत कार्यालय कावासोतीको कम्प्युटर शाखामा काम गर्ने कर्मचारीहरुले १० हजारसम्म लिएर राति वा कार्यालय समय सकिएपछि काम गर्न थालेका हुन्। केही दिन अघि अबेरसम्म भित्र के भईरहेको भनेर केही अगुवाले बुझ्न गएपछि कर्मचारीहरु कार्यालयको पर्खालबाट हामफाल्दै बाहिर भागेको स्थानीय एक जनाले बताए।
कार्यालय प्रमुख अशोक कुमार भट्टराईले भने उक्त दिन केही काम मात्रै बाँकी रहेकाको सेवाग्राहीको काम गरेका आफूले थाहा पाएको तर, घुस नै लिएको भने थाहा नपाएको बताए। उनले उक्त दिनको घटना पछि कार्यालय बढीमा १५ देखि ३० मिनेट अबेरसम्म मात्र खुल्न दिएको बताए। प्रमुख भन्छन् – त्यो दिनबाट बढीमा साढे चार बजे नत्र सवा ४ बजे नै कार्यालय बन्द गर्ने गरेको छु ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९