पोखरा, ९ मंसिर । बाबा आनन्द सञ्चार पत्रकारिता पुरस्कार – २०७५ बाट पोखरामा आइतबार युवा पत्रकार दीपक परियारलाई पुरस्कृत गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की र फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले संयुक्त रुपमा उनलाई पुरस्कृत गरेका थिए ।
उनलाई दोसल्ला, सम्मानपत्र सहित नगद १९ हजार पाँच सय ५५ रुपैया प्रदान गरिएको छ ।
अघिल्ला वर्षहरुमा पुरस्कारको राशी १५ हजार रुपैया रहेकोमा यसवर्ष बढाएर १९ हजार पाँच सय ५५ पुर्याइएको हो ।
बाबा फाउण्डेशन नेपालद्वारा संचालित तथा स्वर्गीय आनन्दराज श्रेष्ठको परिवारजनबाट स्थापित सो पुरस्कारबाट बालबालिका र वातावरणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरिन्छ ।
एक दशकदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार परियार कान्तिपूर दैनिकसँग आवद्व छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विर्सन नसकिने संस्थाको रुपमा बाबा फाउण्डेशन नेपाल अघि बढिको उल्लेख गरे ।
उनले पोखरालाइ प्रदुषण र फोहोर मैला मुक्त शहर बनाउनका लागि सवै पक्ष हातेमालो गर्न आवश्यक भएको औल्याए । जति सक्छौ त्यहिबाट शुरु गरौं उनले भने – ‘पोखरालाई सफा सुन्दर बनाउनका लागि सबैले योगदान गरौं।’
पुरस्कृत व्यत्तित्व दीपक परियारले पुरस्कारले आफुलाई गौरवान्वित बनाएको र अझै क्रियाशील बन्न प्रेरित गरेको बताए ।
प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार नारायण कार्कीले यस्ता पुरस्कारले पत्रकारलाई उत्साहित बनाउने उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले पनि बोलेका थिए ।
बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरिता ताम्राकारले धन्यवाद र सचिव टंक अधिकारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०