दोस्रो क्याबिनेट मिटिङ सकियो

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७५

पोखरा, ९ मङ्सिर ।लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याविनेट मिटिङ तनहुँको दमौलीमा सम्पन्न भएको छ । मंसिर ७ र ८ गते तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न क्याबिनेट मिटिङमा करिव २ हजार लायन्स सदस्यहरुको उपस्थिति थियो ।

पहिलो दिन उद्योग वाणिज्य संघको सभाकक्षमा र दोस्रो दिन दमौली बजारको खुल्ला चौरमा मिटिङ आयोजना गरिएको थियो । कार्यक्रमको आयोजना तनहुँस्थित क्लबहरु लायन्स क्लब अफ तनहुँ, तनहुँ दमौली, तनहुँ व्याससिटी, भानुभक्त, सत्यवती र लियो क्लब अफ तनहुँले संयुक्त रुपमा व्यवस्थापन गरेको थियो ।

मिटिङलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे । सामाजिक काम र लोकतान्त्रिक पद्धति लायन्सबाट राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने उनले बताए ।

उनले बिगत १५/२० बर्ष अघिदेखि नै मानविय सेवाका कार्यमा सकृय रहेको भएपनि लायन्सले बिशेषगरि अपाङ्गताको क्षेत्रमा गरेको सेवाको कार्यले प्रभावित भएको बताउदै आफूलाई पनि लायन्स सदस्य बनाउन अनुरोध गरेका थिए । सो अवसरमा अपाङ्गता भएका बिभिन्न ६ जनालाई हृवीलचेयर प्रदान गरिएको थियो भने शारिरीक अपाङ्गता भएका लोकबहादुर तामाङले नृत्य प्रस्तुत गरेका थिए । उनको सहयोगको लागि उपस्थित लायन्सहरुबाट संकलित करीव एकलाख २५ हजार रुपैया तामाङलाई प्रदान गरिएको थियो ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले ‘लिभिङ वाइ गिभिङ’ भन्ने नाराका साथ सुरु भएको आफनो कार्यकालको करिब ५ महिनामा ९० प्रतिशत काम सम्पन्न गरेको बताए । सम्पूर्ण लायन्सहरुको सहयोगबाट डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्तराष्ट्रियमा स्थापित गराउन मद्दत पुगेको बताउँदै अपाङ्गताको क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्न क्लबहरुलाई आग्रह गरेबमोजिम फरक क्षमता भएका व्यक्तिहरुलाई ५ सय वटा हृविलचयर, १ हजार २ सय २० जनालाई सेतो छडी र २ सय जनालाई हेइयरिङ एड वितरण गरिसकेको गभर्नर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि एलसीआइएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्टले संचालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरत शर्मा, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठ, राजन लम्साल, प्रेमबहादुर श्रेष्ठ, निवर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर मन रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर धुव थापा, भुगोल शेरचन, युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान, क्याबिनेट सेक्रेटरी राम बसेल, चिफ डिष्ट्रिक्ट एड्भाइजर धुव श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रमका संयोजक रिजन चेयरपर्सन सुरेन्द्र पौडेलले मोफसलमा आयोजना गरिएको भएपनि डिष्ट्रिक्टको क्याबिनेट मिटिङ ऐतिहासिक भएको नेपाल भरिका लायन्सकर्मीको तनहुँमा भएको जमघटले तनहुँको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुगेको बताउँदै संम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width