पोखरा, ९ मंसिर। अन्तर माविस्तरीय सिक्स-ए साइड फुटबल प्रतियोगिता ‘छैटौं केब्स कप’ को उपाधि आयोजक कञ्चनजंघा बोर्र्डिङ स्कूलले जितेको छ। पोखरा ११, फूलबारीस्थित कञ्चनजंगा बोर्र्डिङ स्कूलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अक्सफोर्ड बोर्र्डिङ स्कुललाई पेनाल्टीमा पराजित गर्दै कञ्चनजंघाले उपाधि जितेको हो।
निर्धारित समयमा २/२ गोलपछि पेनाल्टी सुटआउटमा कञ्चनजंगा विजयी भएको हो।
कञ्चनजंगाले २० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र र अक्सफोर्डले १२ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पायो।
एकतीस टिमको सहभागिता रहेको प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी कञ्चनजंघाको सागर गुरुङ, उत्कृष्ट गोलरक्षक कञ्चनजंघाकै प्रमिस गुरुङ, ७ गोल गर्दै सर्वाधिक गोलकर्ता अक्सफोर्डका प्रकाश लामा, अनुशासित टीम ग्लोबल कलिजियट, सवोर्त्कृष्ट प्रशिक्षक कञ्चनजंघाका प्रशिक्षक शिव भट्टराई, उत्कृष्ट प्रशिक्षक अक्सफोर्डका लक्ष्मण बास्तोला घोषित भए ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पोखरा ११ का वडाध्यक्ष माधवप्रसाद बास्तोलाले खेलकुदको विकासमा प्रोत्साहनका लागि वडा कार्यालयबाट वर्षेनी १०हजार नगद र ३ वटा फुटबल सहयोग गर्ने घोषणा गरे।
कञ्चनजंघा विद्यालय संचालक समिति अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा डाइरेक्टर श्रीजंग गुरुङले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०