पोखरा, ९ मंसिर।जैनस्थानक भवन पोखरा-७ एयरपोर्टमा श्रावणशुक्ल पूणिर्माका दिनदेखि सुरु भएको चर्तुमास समापन भएको छ ।
नेपाल केशरी डा मणिभन्द्र मुनिजी महाराजको सानिध्यतामा भएको कार्यक्रममा चतुर्मास अवसरमा दैनिक गरिएको प्रवचनसमेत समापन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सन्तहरुका महान् वाणिले धार्मिक आस्था राख्ने व्यक्तिलाई थोरै भए पनि ज्ञान मिलेको धारणा राख्दै यस्तो अवसर मिल्नु हाम्रो अहोभाग्य भएको कुरा व्यक्त गरे।
ब्राह्मण समाज नेपालका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारीले सन्त साधुको उद्गमस्थल तीर्थस्थल भएको भन्दै हामी पोखरेलीले चार महिनासम्म दिव्यवाणि सुन्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले हाम्रो समाजमा भएका विकृतिलाई दिव्यवाणीमार्फत् केही भए पनि सुधार भएको धारणा व्यक्त गर्दै व्यक्ति स्वयम आफैमा सुधार हुन जरुरी रहेको बताए।
दैनिक रूपमा प्रवचन श्रवण गर्ने सरोजनारायण बरालले बिहान एक घण्टाको समयमा भएको वाणिले दिनभरिलाई आनन्दित तुल्याएको भन्दै चार महिनाको अवधिमा धेरै ज्ञान हासिल गर्ने अवसर मिलेको बताए।
मानव मिलन संस्था पोखराका अध्यक्ष रमेशराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन चतुर्मास व्यवस्थापन समिति महासचिव सावित्री शर्माले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९