हेमजा, ९ मङ्सिर।हेमजा साहित्य प्रतिष्ठानद्वारा मासिक रूपमा हुँदै आएको शुभप्रभात काव्यमालाको एक सय ८७ औं श्रृङखला शनिवार सम्पन्न भयो।
सो अवसरमा साहित्यकार मदन भण्डारी, नरेन्द्र रानाभाट, ढुन्डीराज ज्ञवाली, सृजन ज्ञवाली, शिव त्रिपाठी, विष्णु पराजुली, गोविन्दप्रसाद पराजुली, कोविदशरण उपाध्याय, छन्दिका त्रिपाठी, वसन्त विनोद, सीता लामिछाने, मीना दाहाल, भगवती पौडेल लगायत स्थानीय ज्ञानसरोवर एकेडेमी तथा हेमजा बोडिङ स्कुलका विद्यार्थी गरी कूल ३८ जनाले रचना वाचन गरेका थिए।
‘भाषा साहित्य कला र संस्कृतिको संरक्षण हेमजा साहित्य प्रतिष्ठानको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरीएको र यसपटकको कार्यक्रम सङख्यात्मक र गुणत्मक दुबै दृष्टिले सफल भएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।
साहित्यकार मदन भण्डारीले कार्यक्रमको समीक्षा गर्दै काव्यमाला साहित्यका विद्यार्थीका लागि पाठशाला बनेको दावी गर्दै नवप्रतिभालाई स्थान दिदैं जानुपर्ने औँल्याए।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सहसचिव वलराम पौडेल तथा सदस्य परशुराम अधिकारीले संयुक्त रूपमा संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९