पोखरा, ८ मंसिर। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, कास्कीको २५ औं वाषिर्क साधारणसभा तथा नवौं अधिवेशनबाट मोहनप्रसाद सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् ।
सापकोटाले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ३२ मतअन्तरले पराजित गरेका हुन् । विजयी सापकोटाको १०९ मत र पोखरेलको ७७ मत आएको थियो ।
यस्तै, कार्यसमिति प्रथम उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कविन्द्र पोखरेल, सचिव गोविन्द गौतम, सहसचिव मिलन गोर्खाली र कोषाध्यक्ष रामप्रसाद अधिकारी छन् । द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा अन्य पद सर्वसम्मत भएको हो । द्वितीय उपाध्यक्षमा विजयी पोखरेलले ११८ र प्रत्यासी लालप्रसाद पाठकले ६८ तथा कोषाध्यक्षमा विजयी अधिकारीले १२२ र प्रत्यासी सुरेन्द्र बास्तोलाले ६३ मत ल्याएका थिए ।
सदस्यमा प्रकाश गिरी, प्रकाश बास्तोला, टंक ढकाल, सन्तोष अधिकारी, सिर्जना लामिछाने, लोकराज दाहाल, भेषराज पौडेल, रवीन्द्र बराल,र्र् इश्वरी गौतम, दुर्गाप्रसाद आचार्य, सरस्वती आचार्य, शकुन्तला शर्मा, केदार लामिछाने र जितबहादुर कुँवर सर्वसम्मत भएको प्रथम उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेलले जानकारी दिए । कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि, प्रदेश सांसद बिन्दुकुमार थापाले साधारणसभा उद्घाटन गर्दै स्थानीय सरकारले उद्योगी, व्यवसायीमाथि थोपरेको करवृद्धिका लागि स्वयं उद्योगी, व्यवसायीहरुले चको आवाज उठाउनुपर्नेमा जोड दिए। उद्योगी, व्यवसायीमाथि प्रदेश सरकारले कर वृद्धि नगरेको थापाले स्पष्ट पारे।
प्रदेशसभा सरकार करको दायरा फराकिलो बनाउने पक्षमा रहेको तर करवृद्धि गर्ने पक्षमा नरहेको उनको कथन थियो। उनले गण्डकी प्रदेशसभा र सरकारले यस क्षेत्रमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने नीति अवलम्बन गरेको बताए।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदीले महासंघलाई मर्यादित बनाउन र व्यवसायीहरुलाई आग्रह गरे। उनले राज्यको नीति र कानूनभित्र रहेर आफूहरुले पुस्तक तथा स्टेशनरीको व्यवसाय संचालन गरेको बताए।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव ऋषिराम शर्मा भण्डारी, संस्थापक सचिव प्रेमबहादुर श्रेष्ठ, प्राडा वेदनाथ शर्मा, प्याब्सन कास्कीका अध्यक्ष प्रेम सुवेदी, व्यवसायी एवं सम्मानित रमा प्रासर र महासंघ स्याङ्जा शाखा अध्यक्ष किसान श्रेष्ठ लगायतले शुमकामना मन्तव्य राखेका थिए। कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी राजु बैद्य, रमा पराशर र रामचन्द्र पौडेललाई दोसल्ला ओढाउँदै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
त्यस्तै, महासंघका संस्थापक अध्यक्ष गोपाल ध्वजु, निवर्तमान अध्यक्ष जगदीश गौतम, पूर्व अध्यक्षहरु देवकृष्ण काफ्ले, वरिष्ठ सल्लाहकार प्रेमबहादुर श्रेष्ठ, सल्लाहकार ऋषिराम शर्मा भण्डारी र कलम बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सन्तोष लामिछानेलाई सम्मान गरियो। कास्की शाखा अध्यक्ष शिवराज बास्तोलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत प्रथम उपाध्यक्ष विष्णुप्रसाद शर्मा र सचिव बैकुण्ठप्रसाद पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
प्रभावकारी बन्दै ओएसटी कार्यक्रम
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९