‘गौरीशंकर क्याम्पस हेमजाकै गहना’

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
gauri_Fotor

हेमजा, ८ मंसिर। गौरीशंकर बहुमुखी क्याम्पस हेमजाकै गहना भएको सरोकारवालाको ठहर छ ।    क्याम्पसले शनिवार आयोजना गरेको क्याम्पस संचालनका चुनौती तथा समाधानविषयक अन्तरक्रियाका वक्ताहरुले त्यस्तो ठहर गरेका हुन् ।

वडाध्यक्ष शोभाकर तिम्सिनाले आफूहरुले खाईनखाई गरी क्याम्पस स्थापना गरेको स्मरण गर्दै कुनै पनि बहानामा क्याम्पस बन्द हुने परिस्थति आउन दिन नहुने औँल्याए। अध्यक्ष तिम्सिनाले विद्यार्थी संख्या कम हुँदै जानु क्याम्पसको लागि समस्या भएको जनाउँदै विद्यार्थी आकर्षणका लागि गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड दिए।

वडा क्याम्पसको यातायात व्यवस्थापन लगायत अन्य क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाउँदै वडाध्यक्ष तिम्सिनाले क्याम्पस वडाको इज्जत भएकाले दाग लाग्ने काम हुन नदिन वडा चनाखो रहेको स्पष्ट पारे।

क्याम्पस संचालक समिति अध्यक्ष भुवनेश्वर शर्मा पौडेलले सबैको प्रयास क्याम्पसको स्थायित्वतर्फ हुनुपर्ने जनाए।

पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठीले अबको समयमा शैक्षिक योजना निर्माण गरी क्याम्पस संचालन गर्नुपर्ने भन्दै समस्या समाधानका लागि विज्ञ समूह गठन गर्न सुझाव दिए। साथै प्राविधिक शिक्षातर्फ उनको जोड थियो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक वसन्तराज पौडेलले सरोकारवालाको समन्वयबाट मात्रै क्याम्पसले दिगोपन पाउने बताए ।

संचालक समिति उपाध्यक्ष मधुसुदन त्रिपाठीले हेमजामा उच्च शिक्षाका लागि क्याम्पस आवश्यक छ वा छैन भन्ने विषयमा अब हेमजावासीले गहिरो चिन्तन गर्नुपर्ने बेला आएको बताए।

क्याम्पस प्रमुख ओम कुँवरले क्याम्पसको शैक्षिक अवस्थाबारे अवगत गराएका थिए।उनले क्याम्पसका केही सवल पक्ष भए पनि संचालनमा वाषिर्क ६ लाख हाराहारीमा घाटा हुनु, विद्यार्थी संख्या घट्दै जानु, यातायातको सहज प्रबन्ध नहुनु जस्ता पक्ष चुनौतीको रुपमा रहेको जनाए।

उक्त कार्यक्रममा पूर्व सदस्य भानुभक्त शर्मा पौडेल, सदस्य देवकृष्ण पौडेल, सहायक प्राध्यापक राजाराम पोखरेल, समाजसेवी माधवशरण बास्तोला, शिक्षाप्रेमी नेत्रपाणि भण्डारी, संचालक समिति सदस्य चूडामणि तिम्सिना, ज्येष्ठ नागरिक समाज हेमजाका अध्यक्ष नीलकण्ठ पौडेल, विद्यार्थी भीमप्रसाद भण्डारी लगायतले धारणा राखेका थिए।

उनीहरुले क्याम्पसमा विद्यार्थी आकर्षणको विषय पढाउनुपर्ने, वडाले क्याम्पस संचालनमा थप सहयोग गर्नुपर्ने, माछापुच्छे्र र अन्नपूर्ण गाउँपालिकाका सेवाक्षेत्रमा पनि छलफल चलाउनुपर्ने, क्याम्पसको पठनपाठन कार्यलाई विद्यार्थीको आवश्यकतासँग जोड्नुपर्ने, छिमेकी विद्यालयसँग थप समन्वय गर्नुपर्ने, यातायातको सहज प्रबन्ध गराउनुपर्ने, क्याम्पसले प्रचारप्रसारमा पनि जोड दिनुपर्ने लगायतका सुझाव दिए।

क्याम्पस संचालक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख कुँवरले स्वागत मन्तव्य राखेका थिए भने । सह-प्राध्यापक कृष्णप्रसाद पौडेलले कार्यक्रम औचित्यबारे प्रकाश पार्नुका साथै संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width