पोखरा, ८ मंसिर । पोखरामा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको वर्डक्याम्प पोखरा-२०१८ शनिवार सम्पन्न भएको छ । वर्डप्रेस पोखराको आयोजनामा भएको उक्त कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकको दाबी छ ।
कार्यक्रम संयोजक पितमबहादुर सेनले भने, ‘सामुदायिक हितका लागि आयोजना गरिएको वर्डक्याम्पमा व्यावसायिक काम गर्दै गरेका, काम गर्न इच्छुक व्यक्ति, विभिन्न कम्पनी, प्रशासनिक निकाय, विद्यालय, कर्मचारी, शिक्षक, पत्रकार, पर्यटन व्यवसायी, वेव डेभलपर, वडप्रेस पारखी सहभागी पाँच सय जनाले रजिष्टे्रसन गराएकामा चार सय ३० जना सहभागी हुनुले कार्यक्रम ऐतिहासिक र सफल भएको छ ।’
काठमाडौंमा सन् २०१२ देखि प्रत्येक वर्ष वर्डक्याम्प आयोजना भए तापनि राजधानी बाहिर पोखरामा पहिलो पटक भएकोले पनि सहभागिता उल्लेख्य रहेको आयोजकको दाबी छ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म होटल ग्राण्डका अन्नपूर्ण र मनास्लु हलमा एकै समयमा कार्यक्रम शुरु भएका थिए ।
सेमिनारमा नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा सहजीकरण गरिएको थियो । मुख्य आकर्षणका रूपमा जापानका ताकायुकी मियाउचीले ‘वी लभ अटोमेसनः एन इन्ट्रोडक्सन टु डब्लुपी- सिएलआइ’ विषयमा सहजीकरण गर्दै कम्प्युटर कमाण्डबाट ड्रोन क्यामेरा कन्ट्रोल गरी प्रदर्शन गरेरै देखाएका थिए ।
यस्तैगरी भारतको गुगल सर्च क्वालिटी टिमका विज्ञ आशीष मरिनाले ‘म्यानेजिङ योर अनलाइन प्रिजेन्स अन गुगल सर्च’, भारतकै अभिषेक देशपाण्डेले ‘मोर्र्डन वर्डप्रेस डेभलपमेन्ट इन्भाइरनमेन्ट’, बंगलादेशका मिजानुर रहमन मिजानले ‘कन्टि्रव्युटिङ टु दी वर्डप्रेस रिपोजिटरी इन अ स्मार्ट वे’ शीर्षकमा सहजीकरण गरेका थिए। विश्वमा निर्माण हुने वेवसाइटको ३० प्रतिशत बढी वेबसाइट वर्डप्रेस प्रयोग गरी बनाइने र कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको सन्दर्भलाई बृहत् चर्चा परिचर्चा गर्न गराउन आयोजना गरिएको क्याम्पमा जापान, बंगलादेश, भारतसहित काठमाडौं र पोखराका लक्ष्मी गिरी, मदन पन्थी, सुशील जिसी, चित्रराज भण्डारी, नारायण कोइराला, अभिषेक रिजाल, नीरञ्जन उदास, सौरभ शर्मा, निशाल गुरुङ, विक्रम अधिकारी, सीता क्षेत्री, सन्दिल्या काफ्लेले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
कुल १० लाख लागतमा आयोजना गरिएको सेमिनारलाई उकमर्स, जेटप्याक, वेवपेज नेपाल, थिमम, गोड्याडी, डब्लुपिडि्रजल, योष्ट एकेडेमी, ब्लु होस्ट, डब्लुपी इआरपी, नेपकम्स सर्भिसेस, डब्लुपी ट्राभल, कोड पिक्सेल्ज मिडिया, पिकप्लगइन्स, डब्लुपी फ्याक्ट्री, स्क्यानसफ्ट विर्ल्र्डस, उर्जा ल्याब, डिजाइन्स नेपाल क्रियटिभ सोलुसन, एक्स एल सफ्टटेक, स्तुपा टेक्नोलोजी, मण्डला आइटी सोलुसन्स र स्टिकरम्युल लगायत संस्थाले प्रायोजन गरेका थिए।
कार्यक्रम सम्पन्न गर्न पितमबहादुर सेनको संयोजकत्वमा मुख्य र विभिन्न दर्जन ज्यादा उप-समिति गठन गरिएको मिडिया संयोजक सुनिल पाण्डेले जनाए। कार्यक्रमको सञ्चालन अर्जुन परियार र सिर्जना थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०