शीर्ष वरियताका आरब र सलोनी विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
tennis_Fotor

पोखरा, ८ मंसिर । नेपालकै शीर्ष वरियताप्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङ ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट-१ मा प्रथम भएका छन्।

पोखरा रंगशालामा भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै सलोनीले सभानी श्रेष्ठमाथि ६-२, ६-१ को सहज नतिजा निकाल्दै प्रथम भइन्।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ आरब हाडा प्रणव मानन्धरको जोडीले प्रथम स्थान हासिल गरेको थियो भने महिला डबल्सतर्फ सलोनी तामाङ र सुभांङ्गी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हासिल गरेको थियो।

विजयी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष दोजे तामाङ, उपाध्यक्ष लोक गुरुङ, महासचिव नवीन चालिसे तथा खेलाडी विकास गुरुङ, प्रीति बराल, अभिभावक गौतम उदास, सरिता भट्टराई, नवीन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे। यसैबीच, सोमबारदेखि सर्किट-२ का खेल शुरु हुने आयोजक संघले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width