युआरएल पत्रकारिता पुरस्कार बञ्जारालाई

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
yadunath

पोखरा, ८ मंसिर । युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित हुने भएका छन्।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि -युआरएल) द्वारा स्थापित र सञ्चालित सो पुरस्कारको राशि १५ हजार साथमा ताम्रपत्र र दोसल्ला छ। गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाइ कम्तीमा ५ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ। पत्रकार बञ्जारा पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकका सम्पादक हुन्।

अग्रज पत्रकार राजबहादुर गुरुङ संयोजक र जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता रामबहादुर पौडेल, स्वास्थ्य पत्रकार ऋषि खतिवडा र पत्रकार महासंघ कास्कीका प्रतिनिधि कमल पौडेल अथक सदस्य रहेको प्रतिभा छनोट समितिले बञ्जारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

युआरएलको पाँचौं वाषिर्कोत्सवमा मंसिर २३ मा हुने विशेष समारोहमा पुरस्कार अर्पण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width