आदर्श महोत्सव लम्बियो

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५

लेखनाथ, ८ मंसिर। प्रथम आदर्श महोत्सव एक दिन लम्बिएको छ । आदर्श युवा क्लबले भण्डारढिक खेल मैदानमा आयोजना गरेको महोत्सव निर्धारित मितिभन्दा एक दिन थप गरेको हो । महोत्सव अब सोमबार सम्म चल्नेछ ।

नवौं दिनसम्म आइपुग्दा दर्शक चाप र चाहना मध्यनजर राख्दै अवधि लम्बाइएको महोत्सव मूल संयोजक किसान गुरुङले जानकारी दिए । क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले १ लाख दर्शक र ५ करोड बराबरको आर्थिर्क कारोबार हुने अपेक्षा गरिएकोमा नवौ दिन अवधिमै लक्ष्य भेट्न सफल भएको बताए ।

शनिवार मात्र करिव १५ हजार दर्शकले महोतसव अवलोकन गरेको र करिव ८० लाख बराबरको कारोबार भएको प्रचार उपसमिति संयोजक पदम गुरुङको बताए । विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता आदर्श डान्स आइडलका लागि शनिवार ७ विद्यालय फाइनलका लागि छनोट भएका छन्।

आइतबार प्रवेश टिकट आधारमा भोटिङ गर्न पाइने छ। जसमा ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङ प्रणालीबाट विजेता छनोट गरिने प्रतियोगिता संयोजक सूर्य पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width