लमजुङ, ८ मंसिर। शारीरिक अपाङ्ग महासंघको गण्डकी प्रदेशस्तरीय भेलाले संघको तदर्थ समिति गठन गरेको छ।
तदर्थ समिति संयोजकमा अध्यक्ष चन्द्रकान्त पौडेल चयन भएका छन्। पौडेल स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङ शाखाका अध्यक्षसमेत हुन्।
सिर्जनशील अपाङ्ग संघको पोखरामा भएको सो भेलाबाट उपाध्यक्ष विष्णु सिग्देल (कास्की), महासचिव हेम गुरुङ (कास्की), कोषाध्यक्ष विष्णु लम्साल (नवलपुर) र सचिवमा दामोदर रेग्मी (तनहूँ) चयन भए ।
सदस्यमा तारादेवी र्घर्ती (पर्वत), जमुना पौडेल (कास्की), फडिन्द्र पौडेल (कास्की), कुसुम गुरुङ (गोरखा), गोपाल केसी (म्याग्दी) र विजराम गुरुङ (मनाङ) छन् । यस्तै, अपाङ्गता महासंघका गण्डकीका सहसचिव अमर गुरुङलाई सल्लाहकार संयोजक तोकिएको छ।
भेलामा गण्डकीका विभिन्न ८ जिल्लाका शारीरिक अपाङ्ता भएकाहरूले भाग लिएका थिए।
यसअघि बहिरा संघ, नेत्रहीन संघ, बौद्धिक अपाङ्ग अभिभावक संघ गठन भएको भए तापनि शारीरिक अपाङ्ता संघ पहिलो पटक गठन भएको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए।
उनका अनुसार संघलाई प्रचलित कानून अनुसार दर्ता गरी प्रदेशका सबै जिल्लामा शाखा गठन गर्ने निर्णय पनि भेलाले गरेको छ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९