शारीरिक अपाङ्ग महासंघ गण्डकीमा पौडेल

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
46526077_756628258021089_6813860933866094592_n

लमजुङ, ८ मंसिर। शारीरिक अपाङ्ग महासंघको गण्डकी प्रदेशस्तरीय भेलाले संघको तदर्थ समिति गठन गरेको छ।

तदर्थ समिति संयोजकमा अध्यक्ष चन्द्रकान्त पौडेल चयन भएका छन्। पौडेल स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङ शाखाका अध्यक्षसमेत हुन्।

सिर्जनशील अपाङ्ग संघको पोखरामा भएको सो भेलाबाट उपाध्यक्ष विष्णु सिग्देल (कास्की), महासचिव हेम गुरुङ (कास्की), कोषाध्यक्ष विष्णु लम्साल (नवलपुर) र सचिवमा दामोदर रेग्मी (तनहूँ) चयन भए ।

सदस्यमा तारादेवी र्घर्ती (पर्वत), जमुना पौडेल (कास्की), फडिन्द्र पौडेल (कास्की), कुसुम गुरुङ (गोरखा), गोपाल केसी (म्याग्दी) र विजराम गुरुङ (मनाङ) छन् । यस्तै, अपाङ्गता महासंघका गण्डकीका सहसचिव अमर गुरुङलाई सल्लाहकार संयोजक तोकिएको छ।

भेलामा गण्डकीका विभिन्न ८ जिल्लाका शारीरिक अपाङ्ता भएकाहरूले भाग लिएका थिए।

यसअघि बहिरा संघ, नेत्रहीन संघ, बौद्धिक अपाङ्ग अभिभावक संघ गठन भएको भए तापनि शारीरिक अपाङ्ता संघ पहिलो पटक गठन भएको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए।

उनका अनुसार संघलाई प्रचलित कानून अनुसार दर्ता गरी प्रदेशका सबै जिल्लामा शाखा गठन गर्ने निर्णय पनि भेलाले गरेको छ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width