अल्टिमेट आकाश लिएर आए लामिछाने

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५

पोखरा, ८ मङ्सिर। साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ एक समारोहबीच सार्वजनिक गरिएको छ।

समकालीन साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कृतिको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायक एवम् अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतसहित कवि गोर्वर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंले लोर्कापण गरेका थिए।

प्रमुख अतिथि महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुसी लागेको बताए।

कृतिको समीक्षा गर्दै कृष्ण बजगाइँले नेपाली डायस्पोरिक साहित्यमा अल्टिमेट आकाश एउटा कोशेढुंगाको रुपमा रहने धारणा व्यक्त गरे। उनले अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासको विषयवस्तु, भाषाशैली रोचक रहेको बताए।

कार्यक्रममा उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछाने, साहित्यकार गोर्वर्द्धन पूजा, उपन्यासकार सन्तोष लामिछानेलगायतले बोलेका थिए। कृति आमाजोनबाट अनलाइनमा बिक्रीमासमेत रहेको जानकारी गराइएको थियो।

नेपाली अमेरिकन मैत्री संघ (नाफा) को आयोजना सम्पन्न ११० औं महाकवि लक्ष्मी जयन्ती, नाफा साहित्यिक साँझ-२०७५, कविता प्रतियोगितालगायतका कार्यक्रम बीच कृति लोकार्पण गरिएको थियो।

कार्यक्रम नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width