रानीमहल थप आकर्षक बनाइने

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
Rani Mahal2

खस्यौली, ८ मंसिर। नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ।

पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश ५ को सरकारले नयाँ योजना ल्याएको छ। प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लिला गिरीले बताए। उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए।

यस वर्षभित्र नै पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने मन्त्री गिरीले जानकारी दिए। रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेशसभाअन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नारायण आचार्य, वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अवलोकन गरी सम्भावनाका बारेमा अध्ययन समेत गरेको छ।

सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटर दूरीको सडकमध्ये पाँच किमी कालोपत्रे हुन बाँकी छ। कालीगण्डकी करिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ। यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन। तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ।

कालीगण्डकी नदी किनारमा पत्थरबाट ठडयाएर उक्त दरबार बनाइएको छ। दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन्। दरबार ५६ फिट चौडा, १ सय १२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताइन्छ। महल जीण्ा भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो।

रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुर्इवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुडि्कलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुर्इ मन्दिर छन्। उक्त महल युयानीशैलीमा बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएको हो। दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएका खुडि्कला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ।

प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएका छन्। दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिएको छ। पछिल्ला केही वर्षयता उक्त रानीमहलमा आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बढेको बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय जाँदा आउँदा दैनिक ६ घण्टा

    रासस मंसिर १२, २०७९
    बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • संसदमा स्वतन्त्रको निरन्तरता

    रासस मंसिर ११, २०७९
    काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…
  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…

hero news full width