पोखरा, ८ मंसिर। बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले चार्डपर्व लक्षित गरी उपभोक्ताका लागि संचालन गरेको उपहार योजना शनिवार सार्वजनिक गरेको छ।
‘दशैँ तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूलनाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ देखि लागू भएको थियो। यो योजनाबाट २० जना उपभोक्ता लाभान्वित भएका छन्।
यो योजनाअन्तर्गत कुपन नम्बर ५५२६० ले पहिलो, कुपन नम्बर ५६८६८ ले दोस्रो र ३५७५७ ले तेस्रो पुरस्कार प्राप्त गरेका छन्।
एशोसिएसनले पहिलो पुरस्कार एक लाख, दोस्रो पुरस्कार ७५ हजार, तेस्रो पुरस्कार ५० हजार राखेको छ। त्यस्तै, चौथो पुरस्कारस्वरुप दुर्इ जनालाई २५/२५ हजार, पाँचौ पुरस्कार पाँच जनालाई १०/१० हजार र छैंठौ पुरस्कार १० जनालाई पाँच/पाँच हजार व्यवस्था गरेको छ। बजारले पाँच सयभन्दा माथिको सामान खरिदमा एक वटा र एक हजार पाँच सय माथिको सामान खरिदमा दुर्इ वटा उपहार कुपन प्रदान गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, एशोसिएसनका कानूनी सल्लाहकार जगन्नाथ ढकाल, मानार्थ सदस्य सुदीप ढकाल र प्रेस सल्लाहकार नवीन सिग्देल लगायतले उपहार कुपनको नतिजा सार्वजनिक गरेका थिए।
उपहार योजना सार्वजनिक गर्दै प्रहरी उपरीक्षक रानाले विश्वास कायम राखेर गरिने सबै काम सफल हुने बताए।
कार्यक्रममा एशोसिएसनका कानूनी सल्लाहकार जगन्नाथ ढकाल, मानार्थ सदस्य सुदीप ढकाल, प्रेस सल्लाहकार नवीन सिग्देल, निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मी लगायतले बोलेका थिए।
एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९