लमजुङ, ८ मंसिर। नेपाली काँग्रेसले जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य प्रकाश तिवारीको १३ औँ पुण्यतिथिमा उनकै निवास श्रद्धाञ्जली सभा गरेको छ।
सभामा पार्टीसभापति शेरबहादुर देउवाले पठाएको समवेदना पत्र केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले स्व. प्रकाशकी श्रीमती राधा तिवारीलाई हस्तान्तरण गरेका थिए।
काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व जिल्ला सभापतिद्वय शंकर कान्त जोशी र कृष्णप्रसाद कोइरालाले स्व. प्रकाशको व्यक्तित्वको विभिन्न आयामबारे स्मरण गरे ।
काँग्रेस वेशीशहर नगरपालिका- ११ वडा समितिका सभापति सैलेश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति प्रेमराज चिलुवाल, क्षेत्र २ का सभापति बृषराज गुरुङ, महिला संघका जिल्ला सचिव अप्सरा बराल, नेकाका पूर्व जिल्ला सदस्य शम्भुबहादुर जोशी सहितले शोकमन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
hero news full width
मुख्य समाचार
ढाकाकुमार पक्राउ
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१