काँग्रेसका तिवारीको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७५
46507841_1769622443166763_3451503815772078080_n

लमजुङ, ८ मंसिर। नेपाली काँग्रेसले जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य प्रकाश तिवारीको १३ औँ पुण्यतिथिमा उनकै निवास श्रद्धाञ्जली सभा गरेको छ।

सभामा पार्टीसभापति शेरबहादुर देउवाले पठाएको समवेदना पत्र केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले स्व. प्रकाशकी श्रीमती राधा तिवारीलाई हस्तान्तरण गरेका थिए।

काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व जिल्ला सभापतिद्वय शंकर कान्त जोशी र कृष्णप्रसाद कोइरालाले स्व. प्रकाशको व्यक्तित्वको विभिन्न आयामबारे स्मरण गरे ।

काँग्रेस वेशीशहर नगरपालिका- ११ वडा समितिका सभापति सैलेश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति प्रेमराज चिलुवाल, क्षेत्र २ का सभापति बृषराज गुरुङ, महिला संघका जिल्ला सचिव अप्सरा बराल, नेकाका पूर्व जिल्ला सदस्य शम्भुबहादुर जोशी सहितले शोकमन्तव्य व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width