बुटवल, ६ मंसिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
उनले कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अब अन्तिम लर्डाईं लड्ने अवस्था आएको बताए ।
नेपाली काँग्रेस महासमिति बैठकको सन्दर्भमा राजनैतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा देउवाले आफ्ना कार्यकर्ताहरुलाई नेकपाको विरोध गर्न निर्देशन समेत दिए । ‘उनीहरुकै नेताहरुले विरोध गर्न थाले । हामीले किन नगर्ने,’ देउवाले भने ।
सभापति देउवाले अहिलेको सरकार करमात्र बढाउन उद्यत भएको हुँदा प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नभई करप्रसाद शर्मा ओली हुने जिकिर समेत गरे ।
उनले सरकारले निर्मला हत्याकाण्डका आरोपी बचाउन खोजेको आरोप समेत लगाए ।
नेपाली काँग्रेसले मंसिर अन्तिम साता काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न काँग्रेसले शुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन मंसिर ७ गते सकिँदै छ ।
भैरहवामा भएको प्रदेश ५ को प्रदेशस्तरीय सुझाव संकलन अन्तिम रहेको केन्द्रिय सदस्य भीष्मराज आगंदाबेले जनाए ।
सुझाव संकलनमा प्रदेश ५ का पार्टीकेन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टीजिल्ला सभापति, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य, क्षेत्रीय सभापति, भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेशस्तरीय सभापति वा अध्यक्ष, निर्वाचत नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहभागी भएका छन् ।
केन्द्रले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो ।
कार्यक्रममा ३ सय ५० बढी काँग्रेस कार्यकर्ताहरु सहभागी भएको नेपाली काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए ।
Related News
सम्बन्धित समाचार
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
मल र बिउ माग गर्दै राप्रपाको धर्ना
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९