पोखरा, ६ मंसिर। अमेरिकाका म्याट मुलेनवेगले सन् २००३ बाट शुरु गरेको वर्डप्रेसको लोकप्रियता पछिल्लो समय निकै बढ्दै गएको छ।
विश्वका ३० प्रतिशत र नेपालका ९० प्रतिशत वेवसाइट वेर्डप्रेसमा तयार हुँदै आएकोमा यसको महत्वबारे पछिल्लो पुस्तालाई सुसूचित गराउन पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘वर्डक्याम्प पोखरा-२०१८’ हुने भएको छ। वर्डक्याम्प विश्वव्यापी रूपमा आयोजना हुने कार्यक्रम हो।
लक्षित समुदायलाई केन्द्र मानेर सञ्चालन हुने प्रारम्भिक चरणका मिटअप हुने गरेको पाइन्छ। सन् २०१६ मा पोखरामा वर्डप्रेस पोखरा स्थापना भएपछि ५० बढी मिटअप सम्पन्न भइसकेको र सबैको चाहना, माग र आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको वर्डक्याम्प आयोजना गरिएको कार्यक्रम संयोजक पितमबहादुर सेन बताउँछन्।
क्याम्प सम्पन्न गर्न सेनको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ। जसअन्तर्गत सुनिल पाण्डेको संयोजकत्वमा मिडिया, विप्लव सुवेदीको संयोजकत्वमा वक्ता छनौट, प्रतिमा शर्माको संयोजकत्वमा फाइनान्स, निशाल गुरुङको संयोजकत्वमा प्रायोजक व्यवस्थापन, नीरज पुनमगरको संयोजकत्वमा डिजाइन, सुवास कुँवरको संयोजकत्वमा वेवसाइट व्यवस्थापन, अनिस उप्रेतीको संयोजकत्वमा स्वयमसेवक र सिर्जना थापाको संयोजकत्वमा प्र्रचारप्रसार समिति गठन गरिएको छ।
सन् २०१२ देखि काठमाडौंमा हरेक वर्ष आयोजना हुँदै आएको वर्डक्याम्प राजधानी बाहिर पहिलो पटक हुन लागेको हो। क्याम्पमा राष्ट्रिय-अन्तर्राष्ट्रिय गरी १७ जनाले सहजीकरण गर्ने भएका छन्।
दिन दुर्इ र रात चौगुणाले प्रविधिमा विकास र चुनौती बढिरहेकोमामा क्याम्पमा विशेष आकर्षणका रूपमा भारतको गुगल सर्च क्वालिटी टिमकै विज्ञ आशेश मरिनाले ‘म्यानेजिंग योर अनलाइन प्रिजेन्स अन गुगल सर्च’ विषयमा, अभिषेक देशपाण्डेले ‘मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट’ विषयमा सहजीकरण गर्ने छन्। यस्तैगरी जापानका ताकायुकी मियाउचीले ‘उइ लभ अटोमेसन : एण्ड इन्टोक्सन टु डब्लु पी सिएलआइ’ र बंगलादेशका मिजानुर रहमन मिजानले ‘कन्टि्रबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय’ शीर्षकमा सहजीकरण गर्ने जनाइएको छ। यस्तै अन्य काठमाडौंका विज्ञ र पोखराका सात विज्ञले सहजीकरण गर्ने भएका छन्।
क्याम्प सञ्चालनमा १० लाख खर्च लाग्ने र हालसम्म उकमर्स, जेटप्याक, वेवपेज नेपाल, थिमम, गोड्याडी, डब्लुपिडि्रजल, योष्ट एकेडेमी, ब्लु होस्ट, डब्लुपी इआरपी, नेपकम्स सर्भिसेस, डब्लुपी ट्राभल, कोड पिक्सेल्ज मिडिया, पिकप्लगइन्स, डब्लुपी फ्याक्ट्री, स्क्यानसफ्ट विर्ल्र्डस, उर्जा ल्याब, डिजाइन्स नेपाल क्रियटिभ सोलुसन, एक्स एल सफ्टटेक, स्तुपा टेक्नोलोजी, मण्डला आइटी सोलुसन्स र स्टिकरम्युललगायतका संस्थाले प्रायोजन गरेको प्रायोजक व्यवस्थापन संयोजक निशाल गुरुङले जानकारी दिए।
सामुदायिक हितका लागि उल्लेख्य योगदान पुर्याउँदै आएको वर्डप्रेस निःशुल्क रूपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर हो। वेवसाइट सञ्चालन गर्न केही जानकारीका आधारमा सजिलैसँग सकिने हुँदा जसबाट व्यावसायिक काम गर्दै गरेका, काम गर्न इच्छुक व्यक्ति, आइटी कम्पनी, प्रिmल्यान्सर, विभिन्न कम्पनी, प्रशासन, विद्यालय, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोज्ने विद्यार्थी, कर्मचारीतन्त्र, शिक्षण, पत्रकारिता, पर्यटन, होटल क्षेत्र, हरेक व्यक्ति तथा व्यावसायिक संस्थाले लाभ लिन सकिने संस्थाको दाबी छ।
क्याम्पमा सहभागी हुन पाँच सय बढीले दर्ता गराइसकेका छन् । पोखरा होटल ग्राण्डमा ८ बजेबाट शुरु हुने कार्यक्रम नेपाली र अंग्रेजी भाषामा चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०