पोखरा, ६ मंसिर । नेपाली काँग्रेस कास्की क्षेत्र २ का वडा सभापतिहरुको भेला मट्टखिानमा बसेको छ । सो क्षेत्रका ११ वटाका वडा सभापतिहरु एकै ठाउँमा भेला भएर छलफल गरेका हुन् ।
छलफलमा क्षेत्रीय सभापतिहरु माधवप्रसाद बास्तोला ‘मधु’ र विजयराज आचार्यले गुट र उपगुटको पछि लाग्दा पार्टीको संगठन कमजोर भएको टिप्पणी गरे । उनीहरुले आगामी दिनमा वडासँग समन्वय गर्दै संगठन शुदृढीकरण र विस्तारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
दुर्इ दिनसम्म भएको भेलामा वडा सभापतिहरुले पार्टीलाई गुट उपगुटबाट बाहिर राखेर पार्टीलाई चुस्त दुरुस्त बनाउने र संगठन परिचालनमा जोड दिने निर्णय गरेको छ । यस्तै, पार्टीविधान अनुसार संगठन निर्माण र परिचालन, कमीकमजोरी सुधार गरि जनपक्षीय हिसाबले पार्टीसञ्चालन गर्ने निर्णय पनि भएको छ । प्रतिपक्षी पार्टीले जितेका स्थानीय तह र निर्वाचन क्षेत्रमा अनुगमनको भूमिकामा काम गर्ने र गलत कामको पर्दाफास गर्ने निर्णय पनि क्षेत्रीय भेलामा गरिएको वडा ७ का सभापति नवीन बरालले जानकारी दिए ।
‘केही नेताको पछि लाग्दा पार्टीसंगठन कमजोर भैरहेको छ । भ्रातृ संगठनहरु पनि चुस्त रुपमा काम गर्न सकेका छैनन्,’ उनले भने, ‘आगामी दिनमा पुराना सबै कमजोरी केलाउँदै नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको छ । यसले पार्टीलाई पुनर्जीवन दिने अपेक्षा गरेका छौं ।’ उनका अनुसार क्षेत्रभित्रका सबै इकाइमा कार्यकर्ता भेला र अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने भेलाले निर्णय गरेको छ ।
भेलामा वडा ४ का सभापति गोविन्द पराजुली, ७ का नवीन बराल, ८ का सुवास सिग्देल, ९ का उमा ठकुरी, ११ का मोहन बास्तोला, १७ का देवराज आचार्य, २० का तिलबहादुर गुरुङ, २१ का केवल गिरी र ३३ का दिनेशराज आचार्य सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९