हनुमान गल्ली व्यवसायी संघद्वारा सम्मान

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७५

पोखरा, ६ मंसिर । पोखरा-१ बगरस्थित हनुमान गल्ली व्यवसायी संघले पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।

हनुमान गल्लीमा विहीवार आयोजित कार्यक्रममा संघका पदाधिकारी एवं सदस्यले निर्वाचितहरुलाई सम्मान गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकता दिने बताए ।

संघका महासचिव अर्जुन पोखरेलले संघको गरिमालाई उचो बनाउँदै व्यावसायिक हकहित र अधिकार स्थापित गराउने उल्लेख गरे ।

कार्यक्रममा हनुमान गल्ली व्यवसायी संघका व्यवसायी विष्णु बास्तोलाले बजार क्षेत्रमा व्यवस्थित पार्किङ र व्यावसायिक वातावरण निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराइएको थियो ।

हनुमान गल्ली व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रकाश बास्तोला ‘विष्णुु को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष इश्वरी आचार्यले स्वागत र सहसचिव नरेन्द्रप्रसाद आचार्यले संचालन गरेका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लायन्स आर्दश चौतारी द्वारा वृक्षारोपण

गायिका थापा सम्मानित

शान्तिदर्शन टोलले गर्यो सम्मान

फुसेर्खोला कोरिडोर सडक उद्घाटन

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार

राष्ट्रिय माविमा खानेपानी टंकी शिलन्यास

आरोहण व्यवस्थापनमा शून्य पोखरा