मृगौलापीडितलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७५
sahayog_Fotor

पोखरा, ५ मंसिर । दुवै मृगौलापीडित डिलबहादुर सार्की (नेपाली) लाई राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले उपचार सहयोगार्थ ३५ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा ९, पार्वती टोलस्थित उनको निवासमा पुगी मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम हस्तान्तरण गरेका हुन् ।

निर्माण व्यवसायी नेपालीको दुवै मृगौलाले काम गर्न छोडेपछि हाल फिष्टेल अस्पतालमा हप्ताको २ पटक डाइलासिस गराउँदैआएका छन् ।

डाइलासिस गर्दा हरेक पटक ७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने बताउँदै नेपालीले मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको बताए । डायलाइसिस गराउँदा हालसम्म ४ लाख रुपैयाँ खर्च भैसकेको छ ।

आर्थिक रुपमा कमजोर नेपालीको परिवारमा श्रीमती र एक छोरी रहेका छन् ।

उनलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको पृथ्वीचोक शाखाको खाता ३०२००२३६१०१० मा वा नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा रहेको खाता १९२०११००५८२२९९०००००१ मा सहयोग गर्न सक्ने परिवारजनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width