ओमद्वारा सरसफाइ सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७५

पोखरा, ६ मंसिर । ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा २ को अर्चलबोट आमा समूहलाई डस्टबिन, कुचो लगायत सरसफाइ सामग्री प्रदान गरेको छ ।

आमा समूह अध्यक्ष कल्पना पराजुली र वडा २ का कार्यबाहक अध्यक्ष प्रमोद पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सो सामग्री हस्तान्तरण गरेका हुन ।

ती सामग्री विन्ध्यवासिनी मन्दिर, वडा २ को कार्यालयहुँदै पोखरा बाग्लुङ राजमार्ग वरिपरी राखिने वडा सदस्य तथा संयोजक गौतम विजुक्छेले बताए ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थाहरुलाई यसैगरी आर्थिक, भौतिक सहयोग गर्दै आएको छ ।

ओम डेभलपमेन्ट बैंकले असोज मसान्तसम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ । बैंकको शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६० हजार, एटिएम संख्या १९ रहेका छन् । विकास बैंकहरुमध्ये शाखा रहित बैकिङ सेवा प्रदान गर्ने पहिलो विकास बैंक ओम हो ।

बैंकले प्राइम कमर्सियल बैंकसँंग एक्बिजिसनमा जान हालैमात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width