पोखरा, ५ मंसिर । नेपाली काँग्रेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र ५ जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ ।
कास्की काँग्रेस सभापति कृष्ण केसीले पार्टीको विधानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरिएको हो ।
जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द ज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।
आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल छन् ।
बैठकले मंसिरमा कास्कीका पाँच वटै स्थानीय तहमा कार्यशाला गर्ने निर्णय गरेको छ । कार्यशालाका लागि पोखरा महानगरपालिकामा माधव बास्तोला मधु संयोजक र विजयराज आचार्य सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ ।
त्यस्तै, मादी गाउँपालिकाका लागि बृजमान गुरुङ, रुपा गाउँपालिकाका लागि देवेन्द्र रानाभाट, अन्नपूर्ण गाउँपालिकाका लागि पोषनाथ शर्मा र माछापूच्छ्रे गाउँपालिकाका लागि लक्ष्मी पाण्डेलाई संयोजक तोकिएको छ ।
कार्यशालामा निर्वाचनका उम्मेद्वार, इकाइ समिति, भातृ तथा शुभेच्छुक संघ/संस्थाका पदाधिकारी सहभागी हुने छन् ।
बैठकले नेपाली काँग्रेसका नेता केशव रेग्मी र महिला नेतृ प्रभाश्री गुरुङ अस्वस्थ्य भई राजधानीमा उपचार गराइरहेकामा उनीहरुको शीघ्रस्वास्थ्य लाभको कामना गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९