पोखरा, ५ मंसिर। पोखरा वडा ११ को भवन शिलान्यास गरिएको छ। महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार भवन शिलान्यास गरेका हुन्।
साविक काहूँ गाविस र फूलबारीको सीमाना रहेको ठाउँमा भवन निर्माण गर्न लागिएको हो।
प्रमुख अतिथि जिसीले जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको बताउँदै भवनको रेखदेख वडाबासी सबैले गर्नुपर्ने बताए।
‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,’ जनताको करबाट भवन बन्ने भएकाले यो जनताकै घर हो, निर्माणदेखि रेखदेखमा जनताले पनि चाँसो दिनुपर्दछ।’
जिसीले भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता नगर्न र भवन निर्माणमा निगरानी गर्न वडाबासीलाई आग्रह गरे।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले लामो समयदेखि वडा कार्यालय भाडामा सञ्चालन हुँदै आएकाले भवन निर्माण गर्न लागिएको बताए। घर भाडावापत हाल मासिक ३० हजार बुझाउनुपर्ने उनले बताए।
वडाध्यक्ष बास्तोलाले मंसिर २८ देखि पुस ८ गतेसम्म काहूँमा धरहरा महोत्सव हुन लागेकाले त्यहाँसम्म पुग्नका लागि केही ठाउँमा सडक मर्मत गर्नुपर्ने भएकाले महानगरले सहयोग गर्न मेयर जिसीसँग आग्रह गरे।
दुर्इ करोड ४९ लाख ३३ हजारमा बन्ने दुर्इतले भवन आगामी १५ महिनाभित्र सक्ने महानगरका इ धु्रव भट्टराईले जानकारी दिए।
निर्माणको जिम्मा पाएको कम्पनीका अनील खड्काले तोकिएको समयभित्रै भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाए।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य तीर्था गुरुङ र वडा सचिव शिवहरि शर्माले बोलेका थिए।
यसैबीच, पोखरा १५ को वडा कार्यालय भवन बुधबार उद्घाटन गरिएको छ।
एउटा हल सहित चारकोठे उक्त भवनको मेयर जिसीले उद्घाटन गरेका हुन्। जिसीले संविधानले वडालाई धेरै नै अधिकार दिएकाले वडावासीको प्रशासनीक कार्य सहजताका लागि भवन महत्वपूर्ण हुने बताए।
वडाध्यक्ष प्रकाश पौडेलले जनताको सेवाकै लागि आफू अहोरात्र काम गरिएको बताए। ३८ लाख ५० हजारको लागतमा निर्माणभएको उक्त भवनको तला थप्ने कार्य बाँकी छ । तला थप्न करिव २५ लाख लागत लाग्ने भन्दै महानगरसँग प्रस्ताव पेश गरिएको अध्यक्ष पौडेलले बताए।
उनले वडा १५ भित्र अपराधिक तथा संवेदनशील क्षेत्रमा तत्काल २६ ओटा सिसी टिभी जडान गर्न लागिएको बताए।
जिल्ला समन्वय समिति कास्की सदस्य तथा वडा १५ का वडा सदस्य तोरण बानिँयाले महानगरकै नमुना वडाको रुपमा विकास गर्न सबैको सहयोगको खाँचो औल्याए । कार्यक्रममा काँग्रेस वडा १५ का सभापति टोपबहादुर थापा, जनजागृति आमा समूहका अध्यक्ष विमला गुरुङ, पूर्व वडा अध्यक्ष शिवबहादुर बानियाँ, वडा सदस्य तथा भवन निर्माण समिति संयोजक रुकबहादुर गुरुङ लगायतले बोलेका थिए।
वडाध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडासदस्य तथा भवन निर्माण समिति संयोजक रुद्र गुरुङ र वडासचिव तेजबहादुर गुरुङले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९