लमजुङ, ५ मंसिर। राम-सीताको विवाह हेर्न अब जनकपुर नै पुग्न नपर्ने भएको छ। सुन्दरबजार ६ स्थित सुन्दरबजारमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि राम-सीताको विवाह ‘राष्ट्रिय पर्व’को रूपमा मनाउने तयारी भएको छ। आगामी मंसिर २६ मा पहिलो पटक गरिन लागेको सो विवाह मेला व्यवस्थित तरिकाले सम्पन्न गर्न नगरपालिका- ६ स्थित राम मन्दिरका संरक्षक बुद्धिबहादुर अधिकारी (माहिला दाइ) को संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यस्तै, विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ ।
सुन्दरबजार क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न, क्षीण हुँदै गएको हिन्दू धर्मप्रतिको आस्था र विश्वासलाई पुनःजागृत गरी वैदिक सनातन संस्कृतिको पुनर्जागरण गर्न सो विवाहलाई ‘राष्ट्रिय पर्व’को रूपमा मनाउने गरी मेला आयोजना गरिएको संयोजक अधिकारी बताउँछन्। उनका अनुसार मर्यादा पुरुषोत्तम राम र सति सावित्री सीताको महत्वलाई जागरण गर्न मंसिर २५ मा रथयात्रा गरी बजार परिक्रमा गर्ने कार्यक्रम छ। ‘नेपालको पश्चिम क्षेत्रका मानिसहरू सबैले चाहेर पनि जनकपुर पुग्न सक्ने अवस्था छैन, त्यसैले यो विवाह मेलाले जनकपुरको झल्को दिने विश्वास गरिएको छ’, तयारीका लागि देवघाटबाट आएका ९० वर्षीय पण्डित पद्मप्रसाद आचार्यले बताए। उनले भने, ‘हिन्दू धर्म विश्वकै सबैभन्दा पुरानो शास्त्र वेदबाट निर्देशित छ, त्यो संस्कार नमेटियोस्, नयाँ पुस्तामा पनि यसको महत्वको बोध होस् भन्ने हाम्रो उद्देश्य हो।’
यसैगरी, धार्मिक संस्कार र संस्कृतिको पुनःस्थापना गर्ने उद्देश्यले विवाह मेलाको आयोजना गरिएको शिवालय मन्दिरका पुजारी एवम् विवाह मेलाका सदस्य हेरम्वनारायण सेर्ढाईले बताए। उनी बेहुलीको घर बनाइएको सुन्दरबजार नगरपालिका- ७ बरेटारस्थित शिव पाञ्चायन मन्दिरका पुजारी हुन्। उनले भने, ‘त्यो दिनमा आउने सबै साध सन्तहरू कम्तिमा एक हजार जनालाई भोज खुवाउने होम आहूती मुख्य कार्यक्रम छ।’
मूल समारोह समिति सचिव आनन्दराज खनियाँका अनुसार त्यस दिनमा विवाह गर्न आउने जोडीका लागि निःशुल्क विवाह गरिदिने कार्यक्रम छ। सो दिन विवाहका लागि हालसम्म ३ जोडीले नाम लेखाइसकेका छन्। ‘हामीले अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्ने उद्देश्य राखेका छौँ,’ खनियाँ भन्छन्।
राम मन्दिर परिसर १ रोपनी ५ आना ३ दाममा फैलिएको छ। सो स्थानमा ६० सालमा मन्दिर निर्माण गरी नियमित पूजा, आरति लगायत कार्य गरिँदैआएको मूल समारोह समिति सचिव खनियाँले बताए। सो जग्गा मन्दिर संरक्षक माहिला दाइका पिता स्व हर्कबहादुर अधिकारीबाट प्राप्त भएको हो।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०