पोखरा, ५ मंसिर । भारतका रोहन पटेल पोखरा रंगशालामा जारी ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट-१ को सेमिफाइनल प्रवेश गरेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको क्वाटरफाइनलमा पटेलले नेपालका प्रितम परियारमाथि ६-३, ६-४ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
नेपालका अकि जुवेन रावतले सरोज तामाङलाई ६-१, ६-० को सहज सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। आरब हाडाले भारतका अचिन्त्या बर्मालाई ६-१, ६-१ ले तथा नेपालकै इभ्याक जोशीले नेपालकै प्रणव मानन्धरलाई प्रतिस्पर्धात्मक खेलमा ४-६, ७-६ र ६-१ ले पराजित गर्दै अन्तिम चारमा नाम लेखाए।
डबल्सतर्फ आरब हाडा र प्रणव मानन्धरको जोडीले फाइनलमा स्थान बनाएका छन्। सो जोडीले भारतका रोहन पटेल र नेपालका निहालजंगबहादुर थापाको जोडीलाई ६-०, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
भारतका हरिशरण भाष्करन र नेपालका चिराग तिमिल्सीनाको जोडी पनि फाइनल पुगेको छ। यो जोडीले भारतका अचिन्त्या बर्मा र नेपालका श्रीयोग अधिकारीको जोडीलाई ६-२, ६-० को सेटमा पराजित गरेको थियो।
महिला एकलतर्फ सर्भानी श्रेष्ठले आइसा डोल्कर गुरुङलाई ६-१, ६-३ ले, सुभांगि लक्ष्मी शाहले इशा श्री शाहलाई ६-२, ६-३ ले, सलोनी तामाङले नीमिषा ढकाललाई ६-०, ६-१ ले तथा भारतकी मिली छुगले नेपालका इभा अधिकारीलाई ६-०, ६-३ को सोझो सेटमा पराजित गरिन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०