पोखरा, ५ मङ्सिर। पोखरा महानगरपालिका वडा न. ३३ लामगादीस्थित शुक्ला गण्डकी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। बेलायतस्थित नेपाल चिल्ड्रेन ट्रष्टले विद्यालयका ९० जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो।
बेलायतमा सन् २०१५ मा स्थापित ट्रष्टले विगतका वर्षहरुमा अन्य जिल्लाका सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएकोमा यसवर्ष शुक्ला गण्डकीका विद्यार्थीलाई सहयोग गरेको छ।
विद्यालयका पूर्व शिक्षक विष्णुमाया आचार्यको विशेष पहलमा ट्रष्टले विद्यार्थीलाई पोशाक उपलब्ध गराएको बताइएको छ। त्यसअवसरमा विद्यालयले बेलायति भोलेन्टियर जेन्नी र पूर्व शिक्षक विष्णुमाया आचार्यलाई सम्मान गरेको थियो।
विद्यालयकी प्रधानाध्यापक राधिकादेवी अधिकारी र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लिलबहादुर श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए। कार्यक्रममा नेपाल चिल्ड्रेन ट्रष्टकी अध्यक्ष माया बाटलिनले शैक्षिक गुणस्तर उकास्ने र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने संस्थाको लक्ष्य भएको बताईन्।
कार्यक्रममा बेलायति भोलेन्टियर जेन्नी, राइट अफ चिल्ड्रेनका इर्न्र्टन शुस्मिता थापा, पूर्व शिक्षक विष्णुमाया आचार्य लगायतले बोलेका थिए। शुक्ला गण्डकी आधारभूत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक आनन्द पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९