पोखरा, ५ मङ्सिर । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा रुपा गाउँपालिका-६, रुपाकोटमा बालअधिकारको संरक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपा गाउँपालिका, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले कार्यक्रमको संयुक्त आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बालअधिकारको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
‘वालअधिकारको क्षेत्रमा जति हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन,’ ओझाले भने, ‘गाउँपालिकाको तर्फबाट सक्दो प्रयास भैरहेको छ । गर्भमै रहेका बच्चादेखी बिद्यालय तहसम्म पढ्ने बिद्यार्थीहरु लक्षित गरेर कार्यक्रम ल्याएका छौं । जसले बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यलाई पुरा गर्नेछ ।’
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले अझैपनि बालिकाहरु सुरक्षित बन्न नसक्नु दुखद् भएको बताइन् । उनले गाउँपालिका बालअधिकार उल्लंघनका घटनाहरु हुन नदिन सचेत रहेको बताइन् । ‘बालिकाहरु बढि असुरक्षित बनेका छन् । यसको प्रमुख कारण परम्परागत सामाजिक व्यबस्था पनि हो,’ उनले भनिन् ।
रुपा गाउँपालिका वडा नं ७ का अध्यक्ष दयासागर सुबेदीले पहिलेको तुलनामा बालअधिकारबारे सचेतना बढेको भएपनि मौलाउँदो बिकृतिका कारण जघन्य अपराधहरु घट्ने गरेको धारण राखे । बिद्यालयका पाठ्यक्रममा बालअधिकारसंगै कर्तव्यका बिषयलाई अझै धेरै समेट्नुपर्ने उनको भनाई थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपकध्वज जंग कार्कीले स्थानीय तह नै राज्य भएकाले अब बालबालिकाको क्षेत्रमा सकरात्मक परिर्वतन हुने विश्वास व्यक्त गरे । ‘बालअधिकार सुनिश्चितताको लागि पहिले भन्दा अब सहज छ,’ उनले भने, ’नीति तथा कार्यक्रम प्रभावकारी बनाउन सके सकारात्मक परिर्वतन हुन समय लाग्दैन ।’
चन्द्रप्रभा माबिका बिधार्थी सजना सिलवालले बालअधिकार उल्लंघका घटना बढिरहेका भन्दै राज्यले न्यूनिकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गरिन् ।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०