रुपामा बालअधिकार संरक्षणबारे अन्तरक्रिया

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७५

पोखरा, ५ मङ्सिर । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा रुपा गाउँपालिका-६, रुपाकोटमा बालअधिकारको संरक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपा गाउँपालिका, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले कार्यक्रमको संयुक्त आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बालअधिकारको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

‘वालअधिकारको क्षेत्रमा जति हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन,’ ओझाले भने, ‘गाउँपालिकाको तर्फबाट सक्दो प्रयास भैरहेको छ । गर्भमै रहेका बच्चादेखी बिद्यालय तहसम्म पढ्ने बिद्यार्थीहरु लक्षित गरेर कार्यक्रम ल्याएका छौं । जसले बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यलाई पुरा गर्नेछ ।’

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले अझैपनि बालिकाहरु सुरक्षित बन्न नसक्नु दुखद् भएको बताइन् । उनले गाउँपालिका बालअधिकार उल्लंघनका घटनाहरु हुन नदिन सचेत रहेको बताइन् । ‘बालिकाहरु बढि असुरक्षित बनेका छन् । यसको प्रमुख कारण परम्परागत सामाजिक व्यबस्था पनि हो,’ उनले भनिन् ।

रुपा गाउँपालिका वडा नं ७ का अध्यक्ष दयासागर सुबेदीले पहिलेको तुलनामा बालअधिकारबारे सचेतना बढेको भएपनि मौलाउँदो बिकृतिका कारण जघन्य अपराधहरु घट्ने गरेको धारण राखे । बिद्यालयका पाठ्यक्रममा  बालअधिकारसंगै कर्तव्यका बिषयलाई अझै धेरै समेट्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपकध्वज जंग कार्कीले स्थानीय तह नै राज्य भएकाले अब बालबालिकाको क्षेत्रमा सकरात्मक परिर्वतन हुने विश्वास व्यक्त गरे । ‘बालअधिकार सुनिश्चितताको लागि पहिले भन्दा अब सहज छ,’ उनले भने, ’नीति तथा कार्यक्रम प्रभावकारी बनाउन सके सकारात्मक परिर्वतन हुन समय लाग्दैन ।’

चन्द्रप्रभा माबिका बिधार्थी सजना सिलवालले बालअधिकार उल्लंघका घटना बढिरहेका भन्दै राज्यले न्यूनिकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गरिन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

अपाङ्गता भएका व्यक्तिहरु हामी जस्तै हुन

नाई संघ कास्कीको जिल्ला परिषद् सम्पन्न

खपौंदी सराङकोट सडक स्तरोन्नति

शिवालय बाल क्लब पुनर्गठन

प्रमुख समाचार

दुई परिवारका नौ जनाको विभत्स हत्या

थप प्रमुख समाचार