क्यान्सर सचेतना र भिआइए परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७५
Cancer 1

पोखरा, ५ मंसिर । नेपाल अर्बुद रोग निवारण संस्था र पोखरा ५ को संयुक्त आयोजनामा क्यान्सर तथा प्रसूती रोगसम्बन्धी सचेतना एवं भिआइए परीक्षण सम्पन्न भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ अंकोलोजिष्ट डा उज्ज्वल चालिसे र गण्डकी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा गिरधारी शर्माले प्रसूति रोग, पाठेघर र स्तन क्यान्सर लगायत क्यान्सर रोगको कारण, यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

सो अवसरमा महिलालाई स्वास्थ्य सचेतना दिनुका साथै २ सय १५ जना जनाको भिआइए परीक्षण गरिएको नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सदस्य तथा जनसर्म्पर्क अधिकृत डिल्लीप्रसाद शर्माले जनाए।

प्रमुख अतिथि पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै जाने जनाए ।

नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सभापति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका केन्द्रिय सदस्य दिनेशशंकर पालिखे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पोखरा ५ का वडासदस्य हरिमाया बिक, अञ्जु केसी, सूर्यचन्द्र विकास समाजकी गायत्री भूतेल, सहभागीतर्फबाट कल्पना क्षेत्री, उषा थापा, सरस्वती अधिकारी लगायतले क्यान्सर रोग, यसको रोकथाम र उपचारबारे बताए।

नेपाल अर्बुद रोग निवारण संस्थाका सहकोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुवर्णकोइरालाले कार्यक्रम उद्देश्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सचिव नारायण पराजुलीले र संचालन पोखरा ५ का वडासदस्य उज्ज्वल खत्रीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width