पोखरा, ४ मङ्सिर । कास्कीको निर्वाचन क्षेत्र नं १ को योजनाहरुको एक कार्यक्रमबीच मंगलबार पोखरामा सार्वजनिक गरिएको छ ।
जिल्लाको उक्त निर्वाचन क्षेत्रमा पर्ने रुपा गाउँपालिका र मादी गाउँपालिका तथा पोखरा महानगरपालिकाको केही वडाभित्र सिफारिस एवं छनौट गरिएका आयोजनाहरुको मंगलबार पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको हो । कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद खगराज अधिकारीले योजना सार्वजनिक गरेका हुन् ।
नेपाल राजपत्रमा गत असोज १७ गते प्रकाशित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनाअनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली ०७५ बमोजिम कास्कीको १ नं क्षेत्र विकास आयोजनाबारे परामर्श समितिको बैठक बसेको थियो ।
बैठकबाट सिफारिससमेतलाई केन्द्रीत गरेर रुपा गाउँपालिका, मादी गाउँपालिका र पोखरा महानगरपालिका प्रमुख र परामर्श समितिका सदस्यहरुको सल्लाहका आधारमा कार्तिकको २५ गते बसेको निर्देशन समितिको बैठकले आयोजनाहरुको छनौट र सिफारिस गरेको सांसद अधिकारीले जनाए ।
जसअनुसार सबैभन्दा ठूला आयोजनामध्ये मादी-१ को सम्पदा मार्ग (ताङतिङ-क्होंलासोथर) सडक छनौटमा परेको छ । उक्त आयोजनाका लागि ७० लाख विनियोजन गरिएको छ ।
त्यसपछि, र पोखरा-३० को लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था छनौटमा परेको छ । उक्त आयोजनाका लागि ५० लाख विनियोजन गरिएको छ । पोखरा २९ र ३० वडाभित्र पर्ने शिशुवा- आदर्शचोक सडक र पोखरा-३२ को राधाकृष्ण बृद्धाश्रम भवन निर्माणका लागि समान १५ लाख विनियोजन गरिएको छ । अन्य योजनाहरुमा पोखरा-१२ को ढिकालेथर शिवमार्ग सडक, पोखरा-१३ को रतन पाण्डे मावि, पोखरा-१४ कदममार्ग सडक, पोखरा-२७ कृषि उपज संकलन केन्द्र तालचोक र पोखरा-२८, स्याङ्खुदी-अधिना- भुर्तेल गाउँ सडकमार्गका लागि समान दश लाख विनियोजन रकम छुट्याइएको छ ।
त्यसैगरी, पोखरा-१० को सोलार बत्ती जडान, पोखरा-२८ को विजयपुर-सुनपँदाली-सुर्के मैदान सडक, मादी-९ को हिमालय मावि, गोर्जे, मादी-४ को ध्रुब मावि, तारकाङ, मादी-३ को सिताराम मावि, याङ्जाकोट मादी-१ को अन्नपूर्ण मावि, सिक्लेस र रुपा गाउँपालिकाको रामकोट-रामादी सडक, विश्वशान्ति मावि, देउराली र गाउँर्फक मावि, सिद्धका लागि समान १० लाख विनियोजन गरिएको छ ।
विद्यालयहरुका लागि विनियोजन गरिएका रकम भवन निर्माण तथा पूर्वाधारका लागि मात्र खर्च गरिने सांसद अधिकारीले जनाए ।
कार्यक्रममा उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सांसदहरु दिपक कोइराला, मनबहादुर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र मादी गाउँपालिका अध्यक्ष बेलबहादुर गुरुङलगायत परामर्श समितिका सदस्यहरुको उपस्थिति थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९