SONY DSC
पोखरा, ४ मङ्सिर । चौध वर्ष मुनिको उमेर समुहमा शीर्ष वरियताका नेपाली खेलाडीहरु महिलातर्फ सलोनी तामाङ र पुरुषतर्फ आरब हाडाले पोखरामा जारी ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा विजयी शुरुवात गरेका छन् ।
मंगलबार भएको खेलमा सलोनीले पोखराका श्रीया भट्टराईमाथि सजिलो जित निकालिन् । उनले श्रीयालाई ६-१, ६-० को सेटमा पराजित गरिन् । त्यसैगरि, पुरुषतर्फ आरबले पोखराकै सौगात विकलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गरे ।
पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका आचिन्त्या बर्माले नेपालका पवनकुमार शर्मालाई ६-२, ६-० ले, भारतका रोहण पटेलले नेपालका इसान गुरुङलाई ६-०, ६-१ ले, नेपालका प्रितम परियारले भारतका हरिशरण भाष्करणलाई ६-४, ६-४ ले पराजित गरे ।
त्यसैगरि इभ्याक जोशीले श्रेयाष पौडेललाई ६-१, ६-० ले, प्रणव मानन्धरले आयुष्मान हजुर घलेलाई ६-२, ६-३ ले, सरोज तामाङले सक्षमबिक्रम शाहलाई ६-२, ६-१ ले तथा अकी जुवेन रावतले राजबीर प्रधानलाई ६-०, ६-० ले पराजित गरे ।
महिलातर्फ भएका खेलहरुमा निमिषा ढकालले प्रशंसा मोक्तानलाई ६-१, ६-१ ले, भारतका मिली छुगले नेपालका सृष्टी राईलाई ७-६, ६-४ ले पराजित गरिन् । महिला डबल्र्सतपm इशा श्री शाह र सर्वाङ्गी श्रेष्ठको जोडीले श्रीया भट्टराई र रामिका बुद्धाचार्यको जोडीलाई ६-०, ६-० ले, निमिसा ढकाल र आइसा डोल्कर गुरुङको जोडीले प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीलाई ६-४, २-६ र सुपरर्टाईमा १०-६ ले पराजित गरे । सुभाङ्गीलक्ष्मी शाह र सलोनी तामाङको जोडीले भारतका मिली छुग र नेपालका अध्या पौडेलको जोडीलाई ६-३ र ६-१ को सेटमा पराजित गरे ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०