परिचयपत्र वितरण शुरु

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७५

फिदिम, ३ मंसिर। गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका-४ की १०१ वषीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन्।

गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरे। गृहमन्त्री थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पुर्‍याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए ।परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ। परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width