लेखनाथ, ३ मंसिर। कला, संस्कृति, संगीत र मनोरञ्जन उत्सवका रुपमा लिइएको प्रथम आदर्श महोत्सव आफन्त र साथीभाइको भेटघाटस्थल समेत बनेको छ। सोमबार घरको काम थाती राखी महोत्सव अवलोकन गर्न आएकी पोखरा-३३ की मनिषा आचार्यले सहपाठी मनदेवी गुरुङ भेटेपछि बाल्यकालका अनुभव साटासाट गर्न पाउँदा खुसी लागेको बताउँछिन्।
यस्तै, युगल जोडी पनि महोत्सवमा रमाइलो हेर्न पाइने र साथीभाइ समेत भेट्न पाइने भएपछि महोत्सवले भेटघाट अवसर मिलाइदिएकोमा खुसी व्यक्त गर्दछन्।वृद्धवृद्धाका लागि दोहोरी र युवाका लागि लाइभ पप कर्न्र्सट साथमा मनोरञ्जनात्मक कार्यक्रम रहेकोले महोत्सवको चौथो दिन सोमबारसम्म आइपुग्दा दर्शक चाप बढेको क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले बताए । उनका अनुसार दर्शक बढेसँगै कारोबारमा पनि क्रमशः वृद्धि भएको छ ।
सोमबार लोकदोहोरी गायक गायिका शर्मिला गुरुङ, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, प्रदीप त्रिपाठी, कृष्ण विक, लक्ष्मी बानियाँ, सीता परियार र जगत पौडेलको प्रस्तुतिमा दर्शक तालमा ताल मिलाउँदै छमछम नाचे ।
मंगलवार लोकदोहोरीतर्फ बद्री पंगेनी, जीवन दाहाल, राजन कार्की, ज्योति लोहनी, शिवहरि ढुंगाना, कल्पना आले, सम्झना भण्डारी, राजेश बर्देवा, सुवास गुरुङ र आधुनिकतर्फ मेलिना राई र संजय कुँवरको प्रस्तुति रहने महोत्वव प्रचार संयोजक पदम गुरुङले बताए ।
आदर्श युवा क्लबले लेखनाथ भण्डारढिकमा आयोजना गरेको महोत्सव मंसिर ९ गतेसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०