सिप्रदियनद्वारा मेकानिकललाई तालिम

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७५
Sipradian photo_Fotor

पोखरा, ३ मंसिर। सिप्रदियन सहायता संस्थाले पोखरामा सोमबार राष्ट्रव्यापी मेकानिक तालिम गरेको छ।

मेकानिकलको क्षमता अभिवृद्वि तथा पछिल्लो नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले तालिम गरिएको हो। तालिममा ४० जना मेकानिकल सहभागी थिए।

संस्थाले मंसिर १ देखि देशका विभिन्न स्थानमा तालिम गरिरहेको छ। मंसिर ४ गतेसम्म विभिन्न १६ स्थानमा तालिम गर्ने संस्थाले जनाएको छ। तालिममा सञ्जीव गोलालले प्रशिक्षण दिएका थिए। सिप्रदि अटो पार्टस्का गुणबहादुर श्रेष्ठको संयोजकत्व तथा प्रवेश पौडेल र बुद्विसागर सापकोटाको सहसंयोजकत्वमा तालिम गरिएको हो। कार्यक्रममा गण्डकी अटो मेकानिकल एशोसिएसन उपाध्यक्ष किरण कपालीले सिप्रदिले मेकानिकललाई महत्व दिएको भन्दै प्रशंसा गरे।

सिप्रदियन सहायता संस्थाले शिक्षा क्षेत्रमा छात्रवृत्ति लगायत अन्य सामाजिक कार्यहरु गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width