आदर्श महोत्सवमा पशुपतिको प्रस्तुति

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५

लेखनाथ, २ मंसिर। प्रथम आदर्श महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा दर्शक चापसँगै आर्थिक कारोबार बढेको छ ।

महोत्सवका मूल संयोजक किसान गुरुङले महोत्सव शुरुआतका दुर्इ दिन तुलनामा आइतवार दर्शक संख्या बढेकोले कारोबार पनि बढेको बताए ।

सबै दर्शकका लागि मनोरञ्जन दिने उद्देश्यले आयोजित महोत्सवको तेस्रो दिन चर्चित लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुति दोहोरीका पारखीहरु कम्मर मक्याई-मक्याई नाचेको पाइन्थ्यो ।यस्तै, महोत्सवलाइै थप रोचक बनाउन खुला रत्यौली गीत प्रतियोगितामा लगनशील महिला समूह, बाग्ालुङ आमा समूह र नमूना आमा समूह हेमजाको प्रस्तुति रहेको थियो। प्रतियोगितमा १५ टीमको सहभागिता छ।

नृत्य आइडलअन्तर्गत विद्यालयस्तरीय एकल लोक नृत्य प्रतियोगितामा डायमण्ड मोडलकी मेरेजिन गुरुङ र सत्यसाही विद्याश्रमकी प्रतिमा गुरुङ पहिलो चरणको लागि छनोट भएको प्रतियोगिताका संयोजक सूर्य पौडेलले बताए ।

आदर्श महोत्सवलाई कला, संस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिइएको आयोजक आयोजक आदर्श युवा क्लबले जनाएको छ । लेखनाथ भण्डारढिक खेल मैदानमा जारी महोत्सव मंसिर ९ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width