पोखरा, २ मंसिर। पार्टिभित्र काम गरेका कार्यकर्ताको मूल्याङ्कन र जनताको आवश्यकता सम्बोधन गर्ने गरी काँग्रेसलाई अघि बढाउनु पर्नेमा सुझाव दिइएको छ। नेपाली काँग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले पोखरामा आइतबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय राय सुझाव संकलन कार्यशालामा त्यस्तो सुझाव दिइएको हो।
गण्डकी प्रदेशभित्रका काँग्रेसका महाधिवेशन प्रतिनिधि र भातृसंस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यशालामा पार्टिो नेतृत्वमा सरकार संचालन गर्दा वीपीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्वान्तलाई बेवास्ता गरिँदा पार्टिकमजोर भएको औल्याइएको छ।
‘पार्टि मूल्याङ्कन नभइ पैसा हावी भएकोप्रति चर्काे आवाज उठ्यो कार्यशालामा सहभागी महासमिति सदस्य ऋषि काफ्लेले भने, ‘पार्टिई मूल्याङ्कन आधारमा संचालन गर्ने गरी पार्टिो विधान बनाउन सुझाव दिइएको छ।’
सहभागीले युवालाई आकषिर्त गर्ने गरी शिक्षा र रोजगारीमा जोड दिन, पार्टिई सशक्त बनाउन भातृ तथा शुभेच्छुक संघ/संस्थाको नियमित अधिवेशन गराउन र जनताको भावनालाई सम्बोधन गर्न सुझाव दिएका थिए। सरकारले सही काम नगरेको र संघीयतालाई असफल बनाउन उन्मुख रहेको भन्दै काँग्रेसले खबरदारी गर्नुपर्नेमा समेत उनीहरुको जोड छ।
त्यस्तै, पार्टि नेता सत्तामुखी र कार्यकर्ता नेतामुखी हुने प्रवृत्ति अन्त्य गर्ने खालको विधान बनाउन सुझाव दिइएको थियो।
पार्टिगुट/उपगुटमा विभाजित बन्दा कमजोर भएको भन्दै नेतालाई कार्यकर्तामुखी र कार्यकर्तालार्ई जनतामुखी बन्न सुझाव दिइएको हो।
कार्यशालामा विभिन्न १२ विषयमा समूहगत छलफल गरिएको थियो। पार्टिो आदर्श, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, अन्य दलहरुप्रतिको दृष्टिकोण, भातृ तथा शुभेच्छुक संघसंस्थाको व्यवस्थापन, वर्तमान सरकारप्रतिको दृष्टिकोण, मुलुकको राजनीतिक समस्या र काँग्रेसले अब लिनु पर्ने बाटो लगायत विषयमा छलफल गरिएको हो।
यसअघि कार्यशाला उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सरकारले मनपरी गरिरहे काँग्रेसले बाँकी राख्न नहुने बताए।
‘सरकार विकास र समृद्विका लागि अघि बढे काँग्रेस बाधक बन्दैन,’ उनले भने, ‘तर सरकारले मनोमानी गरिरहे चुप लाग्न हुँदैन।’
सरकारले जनतामाथि कर थुपारेको र शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै सरकारबाट केही आशा गर्न नसकिने उनको भनाइ छ। नेता श्रेष्ठले पार्टिभित्र आपसी झगडा हुन सक्ने भन्दै बाहिर निस्कँदा एकजुट हुन नसक्नुले पार्टिकमजोर भएको बताए। उनले जनतालाई आकषिर्त गर्ने गरी पार्टिे आर्थिक र सामाजिक नीति बनाउनले स्पष्ट पारे। कार्यक्रममा पार्टि केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य बृन्दा राना, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, काँग्रेस नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी र सचिव देवेन्द्र रानाभाटले बोलेका थिए।
सरकारको मूल्याङ्कन गर्ने बेला : श्रेष्ठ
वालिङ/ काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारको मूल्याङ्कन गर्ने बेला आएको बताएका छन्। गायक तथा रचनाकार लोकनाथ सापकोटाको परिकल्पनामा तयार पारिएको स्याङ्जाको ऐतिहासिक चिनारी झल्कने म्यूजिक भिडियो ‘हाम्रो स्याङ्जा’ आइतबार विमोचन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।
“दुर्इ तिहाईको दम्भ देखाउँदैमा ठिक्क सरकारले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताहरु भुलेको छ” नेता श्रेष्ठले भने, “नौ महिनाको अवधिमा जनअपेक्षा अनुसार सरकारले काम गरेर देखाउन सकेन अब कुरा गरेर मात्रै हुँदैन बोलेका कुरा पूरा गरेर देखाउन आग्रह गर्दछु।” कम्युनिष्ट सरकारप्रति जनविश्वास घट्दै गएको, कर बढाएको, मौद्रिक नीति खत्तम हुँदै गएको नेता श्रेष्ठको जिकिर थियो।
“प्रतिपक्षले सरकारको गुण र दोषका आधारमा रचनात्मक भूमिका खेल्छ तर दुर्इ तिहाइको आडमा पेल्न खोजियो भने चुप लागेर बस्दैनौं” श्रेष्ठले भने, “पेल्ने भित्तासम्म हो त्यहाँभन्दा उता पेल्ने ठाउँ हुँदैन र भित्तासम्म पनि पेल्दै गए त्यहि भित्तामा आड लिएर पछाडि हटाइदिने छौं।” देशको विकासका लागि सबै दल हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको नेता श्रेष्ठको भनाइ थियो। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद मरासिनी, वालिङ नगरपालिकाका नगर प्रमुख दीलीपप्रताप खाँण, म्यूजिक भिडियो निर्माणबारेमा परिकल्पनाकार लोकनाथ सापकोटले लगायत बोले। वृत्तचित्र संरक्षक इश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले गरेका थिए भने स्वागत वालिङ नगर कार्यपालिका सदस्य युगमाया पंगेनीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०