नेवि संघको म्याद थप

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५

काठमाडौँ, २ मंसिर। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुर्इ महिना थप भएको छ।

पार्टिकेन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टिप्रवक्ता विश्वप्रकाश शर्माले जनाए। नेविसंघको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आइतबारसम्म थियो। २०७३ भदौ २ गते दुर्इवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको ३ महिनाको अवधिमासमेत महाधिवेशन गर्न सकेको थिएन। नेविसंघको विधानमा विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो। काँग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width