पोखरा, २ मंसिर । पोखरा-१७ स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोग तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्मित भवन नेपालका लागि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा अजय कुमारले शनिबार उद्घाटन गरेका हुन् ।
उनले भारत सरकारले नेपालमा जलविद्युत्, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत धेरै परियोजनामा कार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विन्दा राना, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्री, स्थानीय समन्वय अधिकारी डिल्लीराम सिग्देल, पोखरा-१७ का वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले नेपालको विकासमा भारत सरकारको योगदान रहेको बताए।
क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत गर्दै क्याम्पस भवन निर्माण तथा शैक्षिक गतिविधिबारे जानकारी दिएका थिए ।
२०७३ साल साउन १४ मा मुक्तिनाथ रेग्मी जेभी पोखराले ४ करोड १० लाख ७१ हजार रुपैयाँमा भवन बनाउने सम्झौता गरेबमोजिम सो लागतमा ३ भवन निर्माण भएको हो । जसमा २१ कोठा छन् । क्याम्पस संचालक समिति अध्यक्ष डा भूपति ढकाल कमलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रध्यापक लेखनाथ बरालले गरेका थिए । सो अवसरमा छात्रछात्राले नृत्य प्रस्तुत गर्नुका साथै पञ्चेबाजा बजाएर अतिथिको स्वागत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९