सुनिलका चित्रसँग ‘सेल्फी’

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५
art sunil

पोखरा, २ मंसिर। एक हुल मानिसहरु कलाकार सुनिल सिग्देलका चित्र अगाडि सेल्फी लिँदै थिए।

त्यही हुलमा नागढुंगाका महेन्द्रराज भण्डारी पनि थिए। त्यसो त राजभण्डारी आफै पोखराका अग्रज कलाकार हुन्। सुनिल उनलाई मनपर्ने कलाकार। त्यसैले प्रदर्शनी छुटाउने कुरै भएन। महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी शुक्रबारदेखि जारी सुनिलको एकल चित्रकला प्रदर्शनीमा सुनिल फ्यानसँंग ‘सेल्फी’ खिचाउँदैमा व्यस्त देखिएका हुन्। प्रदर्शनी तेश्रो दिन आइपुग्दा अवलोकनकर्ताको भीडभाड पनि बढ्दै गएको छ। ‘प्रदर्शनी अवलोकन गर्न यति धेरै अवलोकनकर्ता आउलान् भनेर आशै गरेको थिइनँ, म नै दंग परेको छु,’ कलाकार सिग्देलले भने।

प्रदर्शनी हेर्न पोखराका मात्रै होइन, बाहिरका कलापारखी पनि आएका छन्। अवलोकन गर्न आउनेहरुले घेरा हालेर एकैपटकमा प्रश्न गर्छन्, कयौंलाई जवाफ पनि दिन भ्याइनँ होला,’ कलाकार सिग्देलले खुसी व्यक्त गरे।

‘उहाँका कलाको बारेमा धेरै नै सुनेको थिएँ, तर आज प्रत्यक्ष अवलोकनपछि हो रहेछ भन्ने लाग्यो,’ नयाँबजारकी प्रतीक्षा मानन्धरले भनिन्।

कला क्षेत्रमा चासो राख्ने मानन्धरले सिग्देलको एउटै चित्रमा आधा घण्टासम्म घोत्लिएको सुनाइन्। ‘अद्भूत छन् यी चित्रहरु,’ उनले भनिन्।

पोखरा-१३, कुँडहरका कलाकार सिग्देलको एकल प्रदर्शनीमा १६ वटा कला राखिएका छन्। यसअघि उनले काठमाडौंमा कला प्रदर्शनी सम्पन्न गरेका थिए। त्यस्तै विभिन्न राष्ट्रहरुमा उनको कला प्रदर्शनी सम्पन्न भइसकेको छ। ‘इको अफ साइलेन्स’ नाउँमा जारी प्रदर्शनी एक सातासम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width