पोखरा, २ मंसिर। विद्यार्थीमा पढाइका अतिरिक्त उद्घोषण, नृत्य, गायन, प्रहसन, अभिनय लगायत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मदरल्यान्ड माध्यमिक विद्यालयमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम तथा मातृभूमि तारा प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीको मेहनत र अभ्यासमा विभिन्न संस्कार संस्कृति, चालचलन, परम्परा, देशप्रेम जस्ता विषय झल्कने गायन तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा शुक्रबार मातृभूमि ताराका प्रतियोगीका साथ कक्षा नर्सरीदेखि कक्षा ५ र दोस्रो दिन शनिबार कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीले प्रस्तुति राखेका थिए।
कार्यक्रममा मातृभूमि तारातर्फ यस वर्षको विजेताको उपाधि कक्षा ७ की सोनु शेर्पाले हात पार्न सफल भएकी छन्। यस्तै, कक्षा ६ की सीसम भण्डारी फष्ट रनरअप र कक्षा ८ की नमूना अधिकारी सेकेण्ड रनरअप र ९ का कुशल पोखरेल थर्ड रनरअप भएको सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए।कार्यक्रममा करिब १ हजार ५ सय विद्यार्थीले आफ्ना प्रस्तुतिहरू राखेका थिए। सो अवसरमा विद्यालयभित्र तथा बाहिर शैक्षिक तथा सहकार्यकलापअन्तर्गत वर्षभरि विभिन्न विधामा आशातीत नतिजा हासिल गर्न सफल ५० जना विद्यार्थीलाई सम्मान गरिएको थियो।
समापन अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, पोखरा बृहत् सफाइ अभियानका मुख्य अभियन्ता रामबहादुर पौडेल, विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बराल, कार्यक्रमका निर्णायक तथा सञ्चारकर्मी सन्तोष बस्याल, सहकार्यकलाप प्रमुख सुनिल सुवाल र विद्यार्थी शशीकला तामाङ लगायत बोलेको विद्यालयका संगीत विभागीय प्रमुख समेत रहेका कार्यक्रम संयोजक केशबहादुर गुरुङले जनाए। विद्यालयका संस्थापक एकेेेडेमिक डीन प्रेमनारायण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक होमनाथ भट्टराई, अन्तिम गुरुङ र इनिशा दुराले संयुक्त रूपमा गरेका थिए।
Related News
सम्बन्धित समाचार
शान्ति श्रीसको ‘जाम हिँड साइँली’
सम्बोधिकाको दोस्रो संस्करण माया पब्लिकेशनबाट
फिल्म ‘परदेशी २’ को ५१ औं दिन सेलिब्रेसन
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०