पोखरा, २ मंसिर। वसन्त रुविना फाउन्डेसनले महेन्द्र आधारभुत विद्यालय, नौडाँडालाई करिब १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
विद्यालयमा आइतबार आयोजना गरिएको समारोहमा फाउन्डेसनका संरक्षक वसन्त थकाली, अध्यक्ष कृष्ण प्रसाद सुवेदी र कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले संयुक्त रुपमा फाउण्डेसनको तर्फबाट १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।
साथै फाउन्डेसनका कोषाध्यक्ष श्रेष्ठले व्यक्तिगततर्फबाट २ हजार ४ सय ४ रुपैयाँ प्रदान गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य परियार र प्रधानाध्यापक ढकराज सुवेदीले सहयोगप्रति आभार व्यक्त गरे।
प्रतिष्ठानका संरक्षक वसन्त थकालीले आफूले क/ख सिकेको विद्यालयमा आएर सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे। आगामी दिनमा पनि विद्यालयका लागि केही योगदान दिन आफूले चाहेको उनले बताए।
२०१६ सालमा स्थापित उक्त विद्यालयमा स्तरीय पढाइ गर्नकै लागि अक्षयकोष स्थापना गरिएको र प्राप्त रकम त्यसैमा जम्मा गरिने व्यवस्थापन समिति अध्यक्ष परियारले बताए।
प्रअ सुवेदीले अक्षयकोषमा ५० लाख रुपैयाँ पुर्याउने र ब्याज मार्फत निजी स्रोतका शिक्षक राखेर विद्यालयको गुणस्तर कायम गर्ने बताए। तीन वर्ष अगाडि विद्यालयमा विद्यार्थी संख्या जम्मा ५ जनामा झरेपछि व्यवस्थापन समितिले घरदैलो नै गरेर विद्यालय जोगाउन अंग्रेजी माध्यमको शिक्षा दिन शुरु गरिएको उनले जानकारी दिए।
विद्यालयमा हाल विद्यार्थीको संख्या ९० पुगेको छ। अक्षयकोषमा ५ लाख रुपैयाँ जम्मा भएको र ३ लाख रुपैयाँ विभिन्न दाताले दिने प्रतिबद्धता जनाएका छन्।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९