पोखरामा हट एयर बेलुन उड्यो

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७५

पोखरा, १ मंसिर। बेलुन नेपाल प्रा.लिले पोखरामा शनिवारदेखि हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरेको छ । यसको सुरुवातसँगै बेलुनमा उडान गरी पोखराको दृश्यावलोकन गर्न सकिने भएको छ । उडान सनराइज दृश्यावलोकनका लागि लक्षित गरिएको छ ।

उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार रुपैया र विदेशीका लागि १ सय ६० रुपैया अमेरिकी डलर शुल्क तोकिएको छ । दुर्इ वटा बेलुनबाट उडान शुरु गरिएकोमा ठूलो बेलुनमा आठ जना र सानो बेलुनमा छ जनाले उडान गर्न सक्नेछन् ।

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउन पोखरामा हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरिएको प्रालिका प्रवन्ध निर्देशक प्रविण महर्जनले जानकारी दिए ।

पोखरापछि चितवन र लुम्बिनीमा यसको संभाव्यता अध्ययन गरिने उनको भनाई छ । डेढ करोड लगानीमा उडान कार्य शुरु गरिएको हो । कास्कीको धम्पुस र लौरुकबाट उडान गरी हेमजा र मर्दी खोलाको तिरमा अवतरण गरिने छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो उडान गरी हट एयर बेलुनको व्यवसायीक उडान शुभारम्भ गरेका छन् । कार्यक्रममा उनले यस्ता गतिविधिले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले अन्तराष्ट्रिय ब्राण्ड बनेको पोखरामा हट बेलुनको समेत अधिकतम उपयोग गरी पर्यटन प्रवर्द्वन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टानका अध्यक्ष हरि भुजेल, रेवानका अध्यक्ष भिमसेन भुजेल, एभिया क्लबकी नतारा श्रेष्ठ, समाजसेवी मिना भट्टराई, नाटाका अध्यक्ष सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले बोलेका थिए । कार्यक्रम बेलुन नेपाल प्रा.लिका प्रवन्ध निर्देशक प्रविण महर्जनको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width