पोखरा, १ मङ्सिर।मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको संचालक समितिको अध्यक्षमा धु्रवराज चालिसे चयन भएका छन्। संस्थाको सम्पन्न आठौं वाषिर्क साधरणसभा तथा तेस्रो अधिवेशनले चालिसेलाई संस्थाको संचालक समिति अध्यक्षमा चयन गरेको हो।
सात सदस्यीय संचालक समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा, सचिव केशव काफ्ले, कोषाध्यक्ष श्रीमती सबि श्रेष्ठ र सदस्यहरूमा रामेश्वर अधिकारी, दिलिपकुमार श्रेष्ठ र विजय बजगाईं छन्। लेखा समिति संयोजकमा नेत्रनारायण पौडेल, सदस्य सुजन प्रधान र तारानाथ पहारीलाई छन्।
पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले साधारणसभाको उद्घाटन गरेका हुन्। कार्यक्रममा वडा अध्यक्ष बरालले सहकारीले शेयर सदस्यहरूलाई आर्थिक कारोबारमा सहजीकरण गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। एउटै वडामा धेरै सहकारी भएकाले मर्जरमा जाने नीति अख्यिार गर्दा सहकारी लामो समयसम्म टिक्ने कुरामा बरालको जोड थियो। बरालले विदेशी श्रमबजारमा जाने युवालाई रोकी कृषिजन्य उत्पादनमार्फत उद्यमशीलता सुरु गर्न आग्रह गरे।
साधरणसभामा संस्थाका अध्यक्ष धु्रवराज चालिसेले भावी योजनासहितको प्रगति विवरण र लेखा समितिका कार्यवाहक संयोजक सुजन प्रधानले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनका साथै संस्थाको विनियम संशोधन साधारणसभाले अनुमोदनसहित पारित गरेको छ।
कार्यक्रममा युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष प्रकाशदेव पालिखे, संस्थापक अध्यक्ष टंकप्रसाद अधिकारी, सल्लाहकार काशीनाथ काफ्लेले शुभकामना मन्तव्य दिएका थिए। नवनिर्वाचित अध्यक्ष धु्रवराज चालिसेले मेगाको समग्र स्तरोन्तीका लागि आगामी दिनमा देखिने खालको सकारात्मक परिवर्तन गर्ने र संस्थाको शेयर पुँजी ५ करोड पुर्याई सहकारी ऐन २०७४ बमोजिम १५ प्रतिशत कृषि उत्पादन क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९